पूर्वगृहमन्त्री घिमिरेसँगै तीन जना त्रिशुलीमा बेपत्ता, तीनको मृत्यु

पोखरा, १० असोज /पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरे चढेको जीप त्रिशुली नदीमा बेपत्ता हुँदा उनीसँगै दुई भाइहरू पनि बेपत्ता भएका छन् ।

घिमिरेसहित उनका दुई भाइ मोहन र प्रकाश पनि बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव भेटिएको छ।

चालक विष्णु राई हाम फालेर बाँचेका छन्। घाइते राईको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घिमिरे परिवार मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किँदै थियो। उनीहरू चढेको बा ९ च १५३१ नम्बरको निजी गाडी आइतबार अपराह्न मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको चितवनका प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको छ।

कमेन्टहरु
Loading...