त्रिवेणी विकास बैंकद्वारा कास्कीका तीन विद्यालयमा छात्रवृत्ति प्रदान

पोखरा, ९ असोज /पोखरामा शाखा कार्यालय रहेको त्रिवेणी विकास बैंक लिमिटेडको १३ औं बार्षिक उत्सवमा कास्कीका तीन विद्यालयमा छात्रबृति प्रदान गरेको छ । कास्कीका शुक्रराज उच्च मा.वि पुम्दी भुम्दी, संगम मावि लुम्ले र जनज्योती उच्च मावि कालिकाको तीन जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । विद्यालयमा कक्षा ८ मा अध्यनरत गरिब, विपन्न एवं जेहन्दार विद्यार्थीलाई त्रिवेणी बैंक शैक्षिक छात्रवृत्ति बैंकका पोखरा शाखाका प्रमुख राजेन्द्र पुडासैनी नगद पाँच हजार हस्तान्तर गरे ।

यस वर्षबाट प्रदान गरेको छात्रवृत्ति प्राप्त गर्ने बिद्यार्थीले नियमित रुपमा पास हुदै गएमा कक्षा १२ सम्म सोहि विद्यालयमा अध्ययन गर्नका लागि प्रत्येक बर्ष पाँच हजार प्रदान गर्ने उनले बताए । विद्यालयबाट जेहन्दार एवं गा.वि.स.बाट गरिब तथा विपन्न परिवारको भनी सिफारीस भए बमोजिमका विद्यार्थीलाई छात्रबृति प्रदान गरेको बताए । उनले प्रत्यक वर्ष एक एक जना विद्यार्थी तीन वटै विद्यालयमा थपिदै जाने बताए । शुक्रराज मावि पुम्दी भुम्दीका हेमन्त गुरुङ, संगम मावि लुम्लेका सागर देवकोटा, जनज्योती माविका विकास भुजेललाई पाँच वर्ष सम्म नगद पाँच हजारका दरले छात्रबृति पाउने पुठासैनीले बताए ।

छात्रवृत्ति वितरण कार्यक्रममा शुक्रराज मा.वि. प्राचार्य नरनाथ बराल, संगम मा.वि. लुम्लेका प्रधानाध्यापक पुर्षोत्तम भण्डारी र जनज्योती मा.वि.का प्राचार्य माधव प्रसाद पौडेलले छात्रवृत्तिले आर्थिक अभाबका कारण विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज बनाएको बताएका थिए । बैंकले छात्रवृत्ति कार्यक्रमको छनौट गाँउका विद्यालयलाई नै प्राथमिकता राखेर गरिनुले पनि गाँउका सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्यालाई बृद्वि गर्नमा यसको प्रभावकारिता अझ बढेको बताए ।

त्रिवेणी बिकास बैंक नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त राष्ट्रिय स्तरको बिकास बैंक हो । बैंकले विभिन्न प्रकारका बचत खाता संचालनमा ल्याई त्यसमा उच्च व्याजदर दिदै आइरहेको छ भने न्यूनतम व्याजदरमा घर कर्जा लगाएत कृषि, पर्यटन, व्यापार जस्ता उत्पादनशील कर्जाहरुलाई बिषेश प्राथमीकतामा राखेर लगानी गरेको छ । बैंकको प्रधान कार्यालय थापाथली, काठमाडौं सहित २२ वटा शाखा कार्यालय, २ वटा एक्टेन्सन काउन्टर र ६ वटा सिमित बैंकिङ्ग इकाई कार्यालय रहेको छ ।

कमेन्टहरु
Loading...