साइबर अपराध घटाउन क्यान कास्कीको सचेतना

पोखरा, ९ असोज /कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) कास्कीको आयोजनामा साइवर अपराध सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षता तथा निमित्त प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

पछिल्लो समय साइबर अपराध सम्बन्धी गतिविधि बढेकाले न्युनीकरणमा सहयोग पु¥याउने लक्ष्यसहित कार्यक्रम गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए । ‘सूचना प्रविधिसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्ने क्रममा कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।

कार्यक्रमा क्यान महासंघ नेपालका सदस्य तथा साइबर क्राइम सम्वन्धी विशेषज्ञ अभिजित गुप्ताले सुरक्षा प्रमुख लगायत विभिन्न सरकारी निकायहरु तथा सम्वधित निजी क्षेत्रका सहभागीलाई प्रशिक्षण दिएका थिए । संथाका आई टी संयोजक ईश्वरराज चालिसेको संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष तथा क्यान महासंघ नेपालका सदस्य जगनबहादुर गुरुङले स्वागत तथा कार्यक्रम माथि प्रकाश पारेका थिए ।

उक्त अवसरमा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले क्यान महासंघ कास्कीले गरेको कार्यक्रम सह्रानीय रहेको बताए । ‘साइवर अपराधलाई न्युनीकरण गर्न थप प्रभावकारी कार्यक्रम गर्न आवश्यक छ,’ उनले भने । कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारी, प्रशासकीय अधिकृत अनिल शाही लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रशिक्षक अभिजित गुप्ताले साइवर अपराध हुन सक्ने सम्भाव्य स्रोत, असर र न्युनीकरणका उपायहरुका बारेमा प्रस्तुती राखेका थिए । सुरक्षा प्रमुख लगायत विभिन्न सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले राखेको जिज्ञासाको गुप्ताले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव रुक्मागत भण्डारी (विश्वास)ले गरेका थिए ।

कमेन्टहरु
Loading...