पोखरामा मंगलबार मिनी सडक महोत्सव हुने

पोखरा, ९ असोज /रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल ९रेबान० पोखराले पर्यटन प्रवद्र्धन गर्न मिनी सडक महोत्सवको गर्ने भएको छ । पर्यटन दिवसको अवसर पारेर असोज ११ गते मिनि सडक महोत्सव गर्ने रेवानका अध्यक्ष चौ बहादुर गुरुङले जानकारी दिए ।

विश्व पर्यटन दिवसको अवसरमा रेवानले विगत ८ वर्षदेखि मिनी सडक महोत्सव गर्दै आए उनले जानकारी दिए । पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले सडक महोत्सव र मिनी सडक महोत्सव गर्दै आएको उनले बताए ।

पोखरामा मंगलबार मिनी सडक महोत्सव हुने
पोखरामा मंगलबार मिनी सडक महोत्सव हुने

मिनी सडक महोत्सव बाराही चोकदेखि खहरेसम्म बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एक दिने मिनी सडक महोत्सव आयोजना गर्न लागेको मिनी सडक महोत्सवका संयोजक वैभव पौडेलले जानकारी दिए ।

महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकार रेस्टुरेन्टहरुले उपलब्ध गराउने उनले जानकारी दिए । रेस्टुरेन्टहरु सडकमै हुनेछन् । नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतिका साथ मिनी सडक महोत्सव आयोजना हुने पौडेलले जानकारी दिए । पञ्चेबाजा, गन्धर्व बाजा र लाइभ म्युजिक मिनी सडक महोत्सवका आकर्षण हुनेछन् । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ ।

पर्यटन दिवसका दिन बस र जहाजबाट पोखरा आइपुग्ने पाहुनालाई पोखरा र एयरपोर्ट र पोखरा बसपार्कमा फूलमाला र पञ्चेबाजासमेतले स्वागत गर्ने तयारी रहेको छ । त्यसै गरि लेकसाइडमा सौर्यबत्ती मर्मतसम्भार गरी सबैतिर बल्ने बनाइँदैछ । बिग्रेका सिसिटिभी मर्मतसम्भार गरी पुनःसञ्चालन गर्ने तयारी समेत रहेको रेवान पोखरा निर्वतमान अध्यक्ष गापी भट्टराईले जानकारी दिए । ।

कमेन्टहरु
Loading...