पोखरा, ८ असोज/टे«किङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको १४ औ अधिवेशन तथा २३ औ साधारण सभाले दिपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा हरी भुजेल, द्धितिय उपाध्यक्षमा विश्व अधिकारी सचिबमा सुशिल पौडेल, सहसचिबमा धर्म पन्थी बिजयी भए । त्यसै गरी सदस्यमा रामचन्द्र अधिकारी ८५, किसन कुमारी गुरुङ ८४, मिलन तिवारी ८३, बल बहादुर नेपाली ७६, उदय सुबेदी ७५, विश्व हुवाङ्ग राई ७२ ले मत प्राप्त गर्दै विजयी भए ।
अध्यक्ष अधिकारी र कोषाध्यक्ष दिवश लामिछाने निर्विरोध निर्वाचीत भएको थिए । सचिब पदमा सुशिल पौडेल ५० र जिवन सापकोटा ४२ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा हरी भुजेल ५४ र विनय आर्चाय ३७ मत प्राप्त गरे । त्यसै गरि द्धितिय उपाध्यक्षमा विश्व अधिकारी ५५ र इन्द्रमान चोहान ३६ मत प्राप्त भने सहसचिबमा धर्म पन्थी ५२ र सुरेश लम्साल ३९ मत प्राप्त गरे ।