पोखरा, ८ असोज/कोपिला–नेपालको १६ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय प्रशाशन कार्यालय पोखराका निमित्त क्षेत्रिय प्रशाशक दिवाकर बाँस्तोलाले कोपिला नेपालले गरेका कार्यक्रमहरु उदाहरणी भएको बताए।
कास्कीमा धेरै एनजीओ आईएनजिओ छन् तर सवैको काम प्रशंशा गर्ने लाईककको छैन उनले भने–तर कोपिला नेपाल यस जिल्लाको अग्रणी र नमुना संस्थाको रुपमा स्थापित भएको छ । यो गरिमा जोगाई राख्न सक्नुपर्दछ । गैरसरकारी संस्थाहरुका कार्यक्रमहरु देखाउनका लागि शहरमुखी हुने गरेको बताउदै यस संस्थाको गतिविधि भने गाँउ मुखी भएको उल्लेख गरे ।
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले वास्तविक धरातलामा पुगेर यस संस्थाले काम गर्न सकेको भन्दै प्रशंशा व्यक्त गरे। महिला तथा वालवालिका कार्यालय कास्कीकी वाल संरक्षण अधिकृत विन्दु भण्डारीले मनोसामाजिकको क्षेत्रमा यस संस्थाले उल्लेखनिय योगदान पु¥याएको बताईन्। कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो।
यसरी सम्मानित हुनेहरुमा मनोसामाजिक विभाग प्रमुख लक्ष्मण नाथ, वित्तिय अधिकृत मिना दुरा, मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल र कार्यालय सहयोगी विष्णुमाया थापा रहेका छन्। त्यसैगरि कार्यक्रममा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको छात्रवृत्ति प्राप्त विद्यार्थीहरुबाट प्रवेशिका परिक्षामा उत्र्तिण हुने २६ जना विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो।
कार्यक्रममा कोपिला–नेपालकी महासचिव विना सिलवालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मंगललाल श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतला पोखराका मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीकृष्ण श्रेष्ठ, गैसस महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी, सिडब्लुएस हंकङका नेपाल प्रतिनिधि विनोद कोइराला, नेकपा एमालेकी शशिकला बराल, राप्रपा नेपालकी धनु कोइराला, कोपिला नेपालका पूर्व अध्यक्ष मुक्तिराम शर्मा, डिलमाया नगरकोटीले बोलेका थिए।
कोपिला–नेपालका अध्यक्ष डा.कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष तिर्थबहादुर थापा क्षेत्रीले स्वागत र सचिव पुण्यप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। २०५७ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै कास्की र तनहु जिल्लाका ग्रामिण वालवालिकाहरुको शिक्षा स्वास्थ्य, वाल अधिकारको प्रवद्र्धन, मनोसामाजिक सुरक्षा तथा अभिभावकको क्षमता अभिवृद्धि गर्नुको साथै हाल काठमाण्डौमा वाल आघात व्यवस्थापन परियोजना र कास्की, तनहु, स्या·जा, लमजुङ र गोरखा जिल्लामा लै·िक समानताका लागि िसमुदाय शसक्तिकरण, समान अवसरका लागि शसक्तिकरण, समुदायमा आधारित मनोसामाजिक सुरक्षा, याताना पिडितहरुकालागि समष्ठिगत सहयोग, भुकम्प पश्चातको कठिन महिला र वालवालिकाका वालघर, महिला सुरक्षा घर जस्ता परियोजान सञ्चालन गर्दै आएको छ।