पोखरा, ८ असोज/पोखराको लेकसाइडमा जारी दोस्रो खुल्ला स्नुकर टुर्नामेन्ट पोखरा मा शनिबार भएको खेलमा ८ जना क्वाटर फाइनल प्रवेश गरेका छन ।
स्नुकर खेलप्रति समाजको धारणा परिवर्तन गर्नका लागी सोम बि.कले आयोजना गरेको स्नुकर टुर्नामेन्ट पोखराको लेकसाइडमा रहेको माक्र्यु स्नुकर क्लबमा जारी रहेको छ ।
शनिबार भएको खेलमा महेन्द्र नेपाली, दिलिप कुबर, महेश श्रेष्ठ ,उज्जल पुन ,विकास मर्हजन , दिपेश क्षेत्री, सुरेश गुरुङ र नवीन राना, क्वाटर फाइनलमा प्रबेश गरेका हुन् । पोखराभरका १० समुहका ६४ जना खेलाडी प्रतिश्पर्धी रहेको प्रतियोगिता आगामी असोज १० गतेसम्म संचालन हुने जनाइएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ४० ,२० र १० हजार साथमा शिल्ड तथा हाई ब्रेक गर्नेलाई ५ हजार पुरस्कारको ब्यबस्था गरिएको टुर्नामेन्ट सह संयोजक सन्जोग पराजुलीले जानकारी दिए ।