ईक्यान कास्कीको अध्यक्षमा मिलन तिवारी

पोखरा, ८ असोज/नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० कास्कीको पाँचौं वार्षिक साधारण सभाले मिलन तिवारी नयाँ नेतृत्व चयन गरेको छ । यसअघि ईक्यान कास्कीको उपाध्यक्ष तथा केही समय कार्यवाहक अध्यक्ष समेत भइसकेका मिलन तिवारीको अध्यक्षतामा ९ सदस्यीस्य नयाँ कार्य समिति सर्वसम्मतले चयन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेशकुमार थापा, सचिव भुवनबहादुर क्षेत्री, कोषाध्यक्ष रुद्रप्रसाद अर्याल छन् भने सदस्यहरुमा प्रकाश गैहे्र, पूर्णचन्द्र न्यौपान, युवराज पौडेल र वालचन्द्र परियार रहेका छन् ।

यस अघि महेश भण्डारी कास्कीका अध्यक्ष थिए । इक्यान कास्कीको साधारणसभाको लागि ईक्यान केन्द्रका पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो । प्रमुख अतिथिको रुपमा ईक्यान अध्यक्ष प्रकाश पाण्डेको उपस्थिति थियो भने उपाध्यक्षद्धय निरज सिटौला र विष्णुहरी पाण्डे, महासचिव सन्तोष प्याकुरेल, सचिव देविदास भट्टराई, कोषाध्यक्ष खड्ग ताम्लिङ, सल्लाहकार दिपक गुरुङ, गुणाखर सापकोटा, चितवन ईक्यान अध्यक्ष जीवन रिजाल, ईक्यान कास्कीका सल्लाहकार कर्ण गुरुङ लगायतका पदाधिकारी पनि उपस्थित थियो ।

नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने भनि ज्योति अधिकारीको संयोजकत्वमा देवीदास भट्टराई र डिबि गुरुङ सदस्य रहेको निर्वाचन समिति बनाइए पनि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ । ईक्यान कास्कीमा २६ कन्सल्टेन्सी आवद्ध छन् ।

कमेन्टहरु
Loading...