हिमाली साँस्कृतिक परिवारको साँस्कृतिक दशै तिहार कार्यक्रम

पोखरा, ८ असोज/लामो समयदेखि नेपाली मौलिक लोकसँस्कृति संरक्षणमा जुटेको हिमाली साँस्कृतिक परिवारले नेपालीको महान चाड दर्श तिहार आगमनको अवसरमा असोज २१ गते पोखरामा साँस्कृतिक दर्श तिहार २०७३ प्रस्तुति गर्ने भएको छ ।

गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघमा दिनको ठिक २ बजेबाट शुरु हुने साँस्कृतिक कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नेपालका पुर्व मेचीदेखि पश्चिम महाकाली र हिमाल देखि तराईका विशेष लोक साँस्कृतिक प्रस्तुति गर्ने भएको छ ।

कार्यक्रमका लागि ५ सय र २ सय रुपैया टिकट रहेको हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङ जानकारी दिनुभयो । साँस्कृतिक प्रस्तुतिका लागि अन्तिम तयारी भएको प्रशिक्षक सनबहादुर गुरुङले बताउनुभयो । यसरी नै दशै तिहार आगमनको अवसरमा असोज १६ गते बिहान ८ बजे रामबजारस्थित भँवरकोट पार्टी प्यालेसमा हिमाली साँस्कृतिक परिवार र कल्याण शेरचन स्मृति प्रतिष्ठानले संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने शुक्रवारको बैठकले निर्णय गरेको छ ।

बैठकमा हिमाली साँस्कृतिक परिवारका सल्लाहकार खडग रानाभाट नौलो घुम्ती नेपालको अध्यक्षमा निर्वाचित र आजीवन सदस्य पोखरा उद्योग वाणिज्य संघको महासचिवमा निर्वाचित हुनुभएकोमा खादा लगाएर बधाईका साथ सम्मान गरिएको थियो । बैठक हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...