सोमबार पोखरामा निःशुल्क मृगौला परिक्षण शिविर हुने

पोखरा, ७ असोज/नेपाल किड्नी फाउन्डेसन र डाभिटा भिलेज ट्रस्टको आयोजनामा आगामी सोमबार १० गते पोखरामा बृहत निशुल्क मृगौला परिक्षण, ल्याब टेस्ट तथा निःशुल्क औषधी बितरण कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब अन्र्तराष्ट्रिय जोन ३३ नेपाल अन्र्तगतका क्लबहरु लायन्स क्लब अफ पोखरा सेती गण्डकी, लायन्स क्लब अफ पोखरा चौतारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा स्टकको स्थानिय ब्यवस्थापनमा पोखरा सभागृहको प्राङ्गणमा बृहत निशुल्क शिविर हुन लागेको स्थानिय ब्यवस्थापन संयोजक लायन्स अन्र्तराष्ट्रिय जोन ३३ का चियर पर्सन एमजेएफ लायन मिलन थापाले बताए ।

‘शिविरमा सबै उमेरका ब्यक्तिले निशुल्क परिक्षण गर्न सक्ने छन् । बिशेष गरि हामीले ४० कटेका ब्यक्तिहरुलाई शिविरमा परिक्षणका लागि बिशेष आह्वान गरेका छौं ।’ स्थानिय ब्यवस्थापक मध्यका एक लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन सुदिप पौडेलले भने । पौडेलका अनुसार १ दिनका लागि आयोजना गरिएको शिविर बिहान ९ बजे देखि शुरु हुनेछ । कार्यक्रममा अमेरिकाबाट आएका मृगौला बिशेषज्ञ डाक्टरहरुले निशुल्क परिक्षण गर्नेछन् ।

सो कार्यक्रममा पर्वतका एकै घरका ४ जना मृगौला पिडित परिवारका लागि आर्थिक सहयोग गर्ने पनि स्थानिय ब्यवस्थापनका संयोजक मिलन थापाले जानकारी दिए । लेखनाथका लागि निशुल्क मृगौला परिक्षण तथा औषधी बितरण आगामी ९ गतेका लागि तोकिएको आयोजकले जनाएको छ । नेपाल किड्नी फाउन्डेसनले बिगत ३ बर्ष देखि निशुल्क मृगौला परिक्षणलाई शिविरका रुपमा बिभिन्न जिल्लामा गर्दै आएको छ ।

कमेन्टहरु
Loading...