विटि कप सेभेन ए साइट फुटबल असार अन्तिम साता

पोखरा, २४ जेठ/बृद्ध टोल युवा परिवार बगरको आयोजनामा आठौ विटि कप सेभेन ए साइड फुटबल प्रतियोगिता असार अन्तिम साताबाट संचालन हुने भएको छ । आयोजक बृद्ध यूवा परिवारले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि असार ३० गतेबाट प्रतियोगिता संचालन गर्ने तयारी गरिएको प्रतियोगिता संयोजक प्रदिप राईले जानकारी दिए ।

प्रतियोगितामा करिव ५० टिमको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा विजेता टिमले ६० हजार, उपविजेताले ३५ हजार साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा वेष्ट प्लेयर, सर्वाधिक गोलकता र अनुशासित टिमलाई नगद पाँच÷पाँच हजार प्रदान गरिने संयोजक राईले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव ६ लाख ४९ हजार ९ सय १५ रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।फुटबलको माध्यमबाट अनुशासित र स्वस्थ नागरिक उत्पादन गरि समाज पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राईले बताए ।

कमेन्टहरु
Loading...