बंगालादेशमा आयोजना हुने ह्याण्डबल प्रतियोगिताका लागि खेलाडी छनौट

काठमाडौ, ५ असोज /बंगालादेशको राजधानी ढाकामा अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आयोजना हुने मध्य दक्षिण एशियाली स्तरको आइ एच एफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष खेलाडी छनौट प्रक्रिया सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले हरेक दुइ वर्षमा आयोजना गर्ने आइ एच एफ ट्रफीमा यमन सहित ९ राष्ट्रको सहभागिता रहने छ । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्गका अनुसार छनौटमा परेका १४ महिला खेलाडीमा निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, संगिता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुष्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खडका, आर्किती गुरुङ्ग, बविता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल रहेका छन ।

महिलाको टिम म्यानेजरमा संघका कार्यसमिती सदस्य प्रकाश कुमार सुनुवार र प्रशिक्षकमा पार्वत गुरुङ्ग र विन्दा कुमारी महाराजी रहेका छन । त्यसै गरि छनौटमा परेका पुरुष खेलाडीमा तेन्जेन लामा, नरेन्द्र विसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दिप खडका, चन्द्र केसी, सरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, शुधान्सु श्रेष्ठ, मात्रिका राई र राजेश तामाङ्ग रहेका छन । यसै गरि टिमको म्यानेजरमा संघका उपाध्यक्ष भिम बहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा रहेका छन ।

यहि असौज २३ देखि २७ गते सम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताको नेपालको तर्फ बाट निर्णायकहरुमा गोविन्द राज जोशी र रोशन रेग्मी रहेका छन । सन २०१२ मा नेपालमा आयोजना भएको उक्त प्रतियोगितामा नेपाली महिला टिमले तेश्रो स्थान र पाकिस्तानमा सन २०१४ मा तेश्रो स्थान हासिल गरेको संघका सचिब केशब पाठकले जानकारी दिए ।

कमेन्टहरु
Loading...