जापान जानेलाई निप्पोनको सेमिनार

शशी पौडेल
पोखरा, ४ असोज/जापानको पढाई जानचाहाने युवायुवतीलाई जानकारी दिने उद्धेश्यले निप्पोन एजुकेशन एण्ड ट्रेनिङ सेन्टरले जापानको भिसा तथा शिक्षा सम्वन्धि एक दिने सेमिनार सोमबार सम्पन्न गरेको छ ।

पोखराको पालिखेचोक स्थित ताम्रकार भवनमा रहेको निप्पोन एजुकेशन एण्ड ट्रेनिङ सेन्टरमा भएको सेमिनारमा योकोहामाको युवातानी कलेजका प्रधानाध्यापक माचुयी दियोसीले नेपाली विधार्थी जापानमा मेहनती रहेको बताउदै जापान पढ्न जानका लागि योग्यता कति ? कसरी जान सकिन्छ ? वाताबरण कस्तो छ , शैक्षिक लागत कति लाग्छ , कस्ता कलेजमा पढ्न पाइन्छ , डकुमेन्टेसन कति चाहिन्छ र कस्ता विद्यार्थि जान सक्छन लगायतका विषयको जानकारी गराएका थिए ।

करिब ३० जनाको सहभागीता रहेको कार्यक्रममा निप्पोन एजुकेशन एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक राजु गोर्खाली प्रशिक्षक रामशरण थापा , सुवास सिंह कुवरले सहजीकरण गरेका थिए । सेन्टरले जापान जान चाहने विद्यार्थी तथा तिनका अभिभाबकको मागलाई ध्यानमा राख्दै यस्ता खालका कार्यक्रमलाई निरन्तरता पनि बताएको छ ।

सेन्टरले यस अघि जापानका टोकियो ,साइतामा , चिवा , नागोया , कुमात्तो लगाएतका कलेजका प्रतिनिधी मार्फत जानकारी मुलक कार्यक्रम संचालन गरि रहेको ्रबन्ध निर्देशक राजु गोर्खालीले जानकारी दिए । आगामी असोज २३ गते पनि सेन्टरले टोकियोका विधालयका बारेमा जानकारी गराउनको लागी प्रशिक्षण कार्यक्रम राखेको सेन्टरले जनाएको छ ।

कमेन्टहरु
Loading...