मान्छेको सरीरभित्रको विचित्र ब्रम्हाण्ड (फोटोफिचर सहित)

अमेरिकी वैज्ञानिक तथा एनिमेटरहरुले मानिसको सरीर भित्रको निकै सुक्ष्म रुपरेखा तयार पारेका छन् । अमेरिकाको कनेक्टिकटस्थि एक्सभिआइभिओ स्टुडियोका विज्ञहरुले मानिसका सरीरका आन्तरिक संरचनाहरुको तस्वीरलाई १ करोड गुणा विस्तृत पारी त्यसमा रोचक रंग तथा छायाँ भरेर सबैलाई अचम्मित पारेका छन् ।

यसरी तयार पारिएका थ्री डी तस्वीरहरु हेर्दा यी मानिसको सरीरभित्रकै संरचना हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । यद्यपि यी तस्वीरहरु वास्तविक हुन् यद्यपि यसमा भरिएका रंग भने कृत्रिम हुन् । अमेरिकाका केही नामी विश्वविद्यालयका लागि शिक्षण सामाग्रीको रुपमा स्टुडियोले यी विचित्र तस्वीर तयार पारेको हो ।

इलेक्ट्रोन माइक्रोग्राफ तथा अन्य तस्वीरहरुको प्रयोग गरी त्यसलाई एकत्रित पार्दै सरीरको आन्तरिक संरचनालाई अणु तहसम्म देखाउन उनीहरु सफल भएका छन् । यस्ता तस्वीरमा भित्री कान, हाडको मासी देखि लिएर आन्ध्राको संरचना लगायतका तस्वीर समावेश छन् ।

1

 सरीरभित्रको प्रोटिनको संरचना

2

मानिसको कोषभित्र छिरेको भाइरस

3

बोनम्यारोको कोषिय संरचना 4

ब्याक्टेरियाभित्र बस्ने ब्याक्टेरियोफेज भाइरस

– See more at: http://www.onlinekhabar.com/2013/06/78620/#sthash.GYYvqfwx.dpuf

कमेन्टहरु
Loading...