पोखरा उद्योग वाणिज्य संघको मतगणना सुरु हुदै

पोखरा, २ असोज/पोखरा उद्योग वाणिज्य संघको नयाँ नेत्तृव चयन लागि मतगणना सुरु हुदैछ । ३१ औ अधिबेसन अन्तरगत शनिबार मतदान सम्पन भएको थियो । आइतबार विहान ८ बजे देखि मतगणना सुरु हुने निवार्च समितिका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । उनले पहिले सदस्य पदबाट गणना गर्ने जानकारी दिए ।

सदस्य पदको गणना सकिए पछि पदाधीकारीको गणना हुने उनले बताए । निवार्चनमा २५ सय १३ मत खसेको खसेको थियो । पोखरा उद्योग वाणिज्य संघका साधारण २ हजार ६ सय २७, कपोरेट ५४, उद्योग ४५ र बस्तुगत तर्फ २३ सदस्य गरि २७ सय ४९ मतदाता रहेको छन् ।

पोखरा उद्योग वाणिज्य संघ नयाँ नेत्तृव लिन अध्यक्षमा ६ जना चुनावी मैदानमा छन् । अध्यक्ष पदका लागि देव क्षेत्री, नारायण कोइराला, विश्वशंकर पालिखे, ईश्वरप्रसाद कर्माचार्य, धनीराम बराल र हीरा भट्टराई उमेदवार रहेका छन् । वरिष्ठ उपाध्यक्षका लागि मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजु, वाणिज्यतर्फको उपाध्यक्षका लागि विन्दु कोइराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारी चुनावी मैदानमा छन् ।

उद्योगतर्फको उपाध्यक्षका लागि सीता गुरुङ र गोर्कण कार्की, महासचिवका लागि दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षका लागि जनकराज पराजुली र पवन प्रजापति, उपमहासचिवका लागि अर्जुन पोखरेल, नवीन बराल र धर्मराज अर्याल चुनावी मैदानमा छन् ।

बस्तुगत संघ तर्फ तर्फका ४ सदस्यका लागि ८ जनाले चुनावी मैदानमा छन् । नारायण प्रसाद पौडेल, गिरधारी अधिकारी, देवबहादुर९डिवि० भूजेल, यामनाथ पौडेल, तारानाथ ढुंगाना, केपी शर्मा, यमनाथ तिमिल्सिना र माधव प्रसाद पौडेलले छन् । कार्यसमिति सदस्य खुल्ला तर्फ १० जनाको लागि २१ जना चुनावी मैदानमा छन् । चीनु गुरुङ, कुमारी मुना बास्तोला, बलराम आचार्य, यदुनाथ अधिकारी, प्रमेप्रसाद पौडेल, देवकृष्ण काफ्ले, किसान सुनार, पवित्रादेवी गुरुङ, प्रेमबहादुर गुरुङ, गिता कुमारी तिवारी, सुरेन्द्रमान विजुक्छे, महेश्वर पोखरेल, अनिल सिग्देल, सिता बराल, हिमालय बख्रेल, कृष्णबहादुर रानाभाट, गोमा ढकाल, नवराज त्रिपाठी, हरिराज पन्त, गिरीधारी शर्मा र अर्जुन खनाल छन् ।

कमेन्टहरु
Loading...