पोखरा, ३१ भदौ/ कास्कीको ढिकुरपोखरीका किसानहरुले उत्पादन गरेको कृषि उपज एवम् प्लाष्टिक टंनेल लगायतका कृषिजयन उपजका लागि सहयोग पु¥याउने वस्तुहरुको अनुगमन भएको छ । जलवायु परिवर्तनका कारण हुने गरेका प्रकोपलाई न्युनिकरण गरी किसानलाई आत्मनिर्भर गराउन किसानमुखी कार्यक्रम लागू गर्ने उद्देश्यका साथ सो अनुगमन गरिएको हो ।
ढिकुरपोखरी सामुदायिक विकास संघको आयोजनामा सो अनुगमनमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश प्रसाद कोइराला, जिल्ला विकास समिति कास्कीका प्रमुख ईन्जिनियर नारायण प्रसाद श्रेष्ठ, अर्जुन न्यौपाने, भू–संमरक्षण कार्यालयका प्रमुख विष्णु पोख्रेल लयागत सरकारी एवम् गैरसहकारीको संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सो गाविसमा आई.डि.ई. नेपाल, रुपान्तरण, रिम्स् लगायत संस्थाले किसानमुखी कार्यक्रम दिँदै आएका छन् । सो गाविसका दुई वटा वडामा मात्र एक सयभन्दा बढि घैटाहरु निर्माण गरिएको छन् भने २५ घर दुरीमा ६० वटाभन्दा बढि प्लाष्टिक टंनेल निर्माण गरी गोलभेडा खेती उत्पादन भईरहेको छ । घैटामा पानी संकलन गरी पानी अभाव भएको बेला तरकारी खेतीमा प्रयोग गर्ने गरिन्छ ।
पानीको अभाव रहेको सो स्थानमा घैटो निर्माणबाट थोपा सिचाई गरी किसानहरुले वेमौसमी एवम् र्अगानिक तरकारी उत्पादन गरी मन्ज्ञय फाइदा लिएका छन् । किसान तिल प्रसाद भण्डारीले वर्षमा दुई लाख रुपैयासम्म आमदानी गर्न सकेको बताउनु भयो । त्यसै गरी अर्का किसान हिममाया भण्डारीले ढुकुरपोखरीमा उत्पादन भएका तरकारीहरु र्अगानिक भएकाले पोखरामा राम्रो मुल्य रहेको बताउनु भयो । त्यसै गरी डि.सि.डि.ओ. का प्रवक्ता पुन्य भण्डारीले गैरसहकारी संस्थाको सानो सहयोग र समन्यकारी भूमिकाले किसनाहरुले थोरै भए पनि राहत पाएको बताउनु भयो ।