सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट एमबि आस्था सम्मानीत (भिडियो सहित)

पोखरा, ३० भदौ /सहारा क्लब पोखराले १० बर्ष अगाडि स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारको एघारौं संस्करणबाट मानबहादु घर्तिमगर (एमबि आस्था) सम्मानीत भएका छन् ।

सहारा क्लबको १८ ओ साधारण सभामा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले सम्मान गरे । नगद १५ हजार ५५, दोसल्ला र ताम्रपत्रले श्रेष्ठ, सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, संस्थापक अध्यक्ष बसन्त थकाली लगाएतले सम्मान गरे । प्रतिभा छनौट समितिको सिफारिशमा सहारा क्लब पोखराले पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट एमबि आस्था सम्मानीत
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट एमबि आस्था सम्मानीत

ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले नेपालमा ओलम्पिक खेलमा पदक ल्यान नसकेको बताउदै राज्यले खेलकुद क्षेत्रलाई गरेको उप्रेक्षाले पदक ल्याउन कठिनाइ भएको बताए । कार्यक्रममा प्रतिभा छनौट समितिका संयोगक नारायण कार्की, क्लबका उपाध्याक्ष केबश थापा, सचिब केशब बराल लगाएतले शुभकामना दिएका थिए । विगत १५ वर्षबाट पत्रकारीतामा सक्रिय आस्था एविसि टेलिभिजनका पोखरा सम्वाददता हुन् ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म क्रमशःकुलचन्द्र न्यौपाने,२०६४ धन बस्नेत,२०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराललाई यस पुरस्कारद्धारा सम्मानित भइसकेका छन् ।

कमेन्टहरु
Loading...