पोखरामा शैक्षिक मेलाको रौनक, बुधबार अन्तिम दिन

पोखरा, २८ भदौ /पोखरा सभागृहमा जारी ‘वृहत शैक्षिक मेला’मा विद्यार्थीको चासो निकै बढेको छ । सोमबारदेखि शुरु भएको मेलामा पोखरा र आसपासबाट थुप्रै विद्यार्थीहरु वैदेशिक अध्ययनको बारेमा जानकारी लिन आएका छन् । आयोजकका अनुसार मंगलबार विद्यार्थीहरुका चाप अत्याधिक भएकोले परामर्शदाताहरुलाई निकै हम्मे हम्मे प¥यो ।

‘आजको विद्यार्थी सहभागिता सोँचेको भन्दा बढि हामीले पायौँ । विदाको दिन पारेर धेरै विद्यार्थी र उनीहरुको अभिभावक मेलामा सहभागी भए ।’ आयोजक संस्था वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्यूसनका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने–‘अहिलेसम्म भएका शैक्षिक मेलामा मंगलबार भएको विद्यार्थी सहभागिता ऐतिहासिक नै हो ।’

त्यस्तै मेलाका प्रस्तुतकर्ता विग एफएमका अध्यक्ष तथा किंग्स ईन्स्टिच्युटका संचालक महेश भण्डारीले विद्यार्थी सहभागिताले आफु अचम्भित भएको बताए । ‘यसअगाडि पनि पोखरामा केहि वर्ष शैक्षिक मेलाहरु भएका थिए । तर ती मेलाको तुलनामा यो पटक विद्यार्थीको सँख्या निकै बाक्लो देखियो ।’ उनले भने–‘यसले विद्यार्थीहरुमा वैदेशिक उच्च शिक्षाको बारेमा बढि चासो उत्पन्न भएको देखाउँछ । र, उनीहरुको लागि मेला प्रभावकारी रहेछ भन्ने कुरालाई पनि पुष्टि गरेको छ ।’

सोमबारदेखि शुरु भएको मेला बुधबारसम्म चल्नेछ । आयोजक वान अपले भदौ २९ गते बुधबार मेलाको अन्तिम दिन भएकोले विद्यार्थीहरुलाई सकेसम्म सहभागी भएर फाईदा उठाउन आग्रह गरेको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको छ । मेलामा ३६ वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिईरहेका छन् ।

त्यस्तै आयोजकले मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये लक्की ड्रमार्फत बुधबार एक जना विद्यार्थीलाई ल्यापटप बम्पर उपहारस्वरुप दिने जनाएको छ ।

कमेन्टहरु
Loading...