पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्टका प्रतियोगिहरुको ट्यालेन्ट सो

पोखरा, २२ जेठ/पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० अन्र्तगत मंगलबार पोखरामा प्रतियोगितामा सहभागिहरुले ट्यालेन्ट सो गरेका छन । महेन्द्रपुलको डी भिलेजको सभाहलमा आयोजना भएको ट्यालेन्ट सो अन्र्तगत प्रतियोगिहरुले नृत्यको साथमा प्रतिभा प्रस्फुटन गरेका हुन । ट्यालेन्ट सोको निर्णायकमा लोकगायीका शान्ति गुरुङ, राष्ट्रिय सौन्र्दयकर्मी युनियन कास्कीका अध्यक्ष आरती गुरुङ र नृत्य निर्देशक माया पुन रहेका थिए ।

IMG_6970पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजनामा संचालन भएको उक्त प्रतियोगिताको फाईनल भने यही जेठ ३१ गते हुने भएको ईन्ष्टिच्युटका संचालक मीना गुरुङले बताउनु भयो । प्रतियोगिहरु १५ देखि ३० बर्ष उमेर समुहका रहेका छन भने इन्ष्टिच्युट भन्दा बाहिरका ४ जना सहित २० जना प्रतियोगिहरुले उक्त प्रतियोगितामा सहभागि हुने भएको ईन्स्टिच्युटले जनाएको छ । महिलाहरुको क्षेमता अभिबृद्धि गराउने उद्धेश्यले यस बर्षदेखि ईन्स्टिच्युटमा आबद्ध नभएका अन्य व्यक्तिहरुले समेत सहभागिता जनाएकोे ईन्स्टिच्युटका संचालक गुरुङले बताउनु भयो ।

उक्त प्रतियोगिताको विजेताले २० हजार साथमा अन्य गिफ्टह््याम्पर पाउने छन । यस प्रतियोगिताका कोरीयोग्राफी रविन्द्र बज्रचार्ज रहेका छन भने फोटोग्राफिमा उमेश पुन रहेका छन । अन्जना गुरुङ, बिना गुरुङ, सिला लामा, शुजु पुन, सजीना क्षेत्रि, मुना गुरुङ, ज्योति गुरुङ, नानु गुरुङ, छिरिङ वाडमो, यशोदा श्रेष्ठ, सुजना परियार, विमला गुरुङ, पुष्पा राइ, नेल गुरुङ, मंजिला तामाङ, मोनिका तामाङ, शुशिला तामाङ, ललिता तामाङ, सपना गुरुङ र कविता पुन उक्त प्रतियोगितामा सहभागि हुदै छन ।

 

कमेन्टहरु
Loading...