तरुणदलको महाधिवेशन सफल पार्न स्थानिय व्यवस्थापन समिति गठन

पोखरा, २६ भदौ/ पोखरामा हुन लागेको तरुणदलको चौथो राष्ट्रिय महाधिवेशन सफल बनाउनका लागि स्थानिय व्यवस्थाप समिति गठन गरिएको छ। तरुणदल कास्कीको आईतबार वसेको बैठकले तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको संयोजकत्वमा स्थानिय व्यवस्थापन समिति गठन गरिएको हो।

समितिमा कास्कीका चार वटा निर्वाचन क्षेत्रका तरुण दल समिति, पोखरा र लेखनाथका नगर समिति तथा वडा र गाविस गरि ७९ वटा इकाई समिति रहेका छन्। महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ। अतिथि स्वागत तथा सत्कार उपसमिति संयोजकमा शंकर ढु·ाना, प्रचार प्रसार उपसमिति संयोजकमा प्रेमलाल पुन, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा नरेन थापा, आर्थिक संकलन उपसमिति संयोजक जिवनप्रसाद बाँस्तोला, स्वयम सेवक परिचालन उपसमिति संयोजकमा सुरजजंग राणा, खानेपानी व्यवस्थापन तथा सरसफाई उपसमिति संयोजकमा लेखबहादुर केसी रहेका छन्।

त्यसैगरी मञ्च व्यवस्थापन उपसमिति संयोजकमा महेन्द्र पुन, स्वागत गेट व्यवस्थापन उपसमिति संयोजकमा दिपक गुरुङ, स्वास्थ्य उपसमिति संयोजकमा रविन कायस्थ, प्रशाशन तथा सुरक्षा समन्वय उपसमितिको संयोजकमा ललित गुरुङ, प्राविधिक उपसमिति संयोजकमा मदन वस्नेत, ¥याली व्यवस्थापन उपसमिति संयोजकमा राधाकृष्ण तिवारी, साउण्ड सिष्टम व्यवस्थापन उपसमिति संयोजकमा डि.आर भट्टराई, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धनबहादुर छन्त्याल(लक्ष्मण), तुल व्यानर व्यवस्थापन उपसमिति संयोकजमा प्रेमबहादर कार्की(प्रकाश),साँस्कृतिक उपसमिति संयोजकमा मिनबहादुर गुरुङ, झण्डा व्यवस्थापन उपसमिति संयोजकमा सागर गुरुङ रहेका छन्।

महाधिवेशने असोज ३,४ र ५ गते पोखरामा हुने तरुण दल कास्की सचिव नरेन थापाले जानकारी दिए। बैठकमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र तरुण दलका केन्द्रिय सदस्य ऋषिराम काफ्लेको विशेष उपस्थिति रहेको थियो। महधिवेशनलाई सफल पार्नका लागि सवैलाई सहयोग गर्न स्थानिय व्यवस्थापन समितिका संयोजक गुरुङले आग्रह गरेका छन्।
लामो समय पछि तरुणदलको महाधिवेशन पोखरामा हुन लागेको छ यो हाम्रो लागि गर्व विषय हो संयोजक गुरुङले भने–महाधिवेशनलाई सव्य र भव्य रुपमा सम्पनन गर्नका लागि म सवैलाई आह्वान गर्दछु।

कमेन्टहरु
Loading...