सरकार निर्वाचनको लागि गम्भिर छैन -रविन्द्र अधिकारी

पोखरा, २६ भदौ/ नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले वर्तमान सरकार निर्वाचनको लागि गम्भिर नभएको आरोप लगाएका छन् ।

उनले संबिधान कार्यन्वयनको लागि संघियता कार्यन्वयनको अभ्यास पनि सुरु हुन नसकेको र निर्वाचनको तयारी पनि सुरु नभएकाले वर्तमान सरकार चुनावको गर्ने लक्ष्य नलिएको बताए । प्रेस चौतारी कास्कीले पोखरामा आईतवार गरेको पत्रकार सम्मेलनमा अधिकारीले निर्वाचनको लागि सरकार गम्भिर नभएको बताए ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकार निर्वाचन गराउन तयार भए एमालेले प्रतिपक्षमै रहेर पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे । ‘ एमाले प्रतिपक्षमै रहेर निर्वाचनमा जान चाहन्छ तर निर्वाचनको लागि सरकार गम्भिर छैन, ’ उनले भने । भदौ महिना भित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न उनले चुनौति समेत दिएका छन् । तोकिएको समय निर्वाचन गर्ने हो भने यो महिना भित्र निर्वाचन कार्यतालिका सार्वजनिक हुनुपर्नेमाम उनले जोड दिए ।

कमेन्टहरु
Loading...