साइकल यात्रा, टुर दि पोखरा–२०१६ असोज दोस्रो साता

सागर राज तिमिल्सिना
पोखरा, २६ भदौ/सिटिसाइकल सिटी पोखराको आयोजनामा हुने दोस्रो सस्करणको टुर दि पोखरा–२०१६ असोज दोस्रो साता हुने भएको छ । पोखराको फेवाताल किनार बाराहीघाटबाट सुरु भई लेखनाथको बेगनासतालमा पुगेर सम्पन्न हुनेछ ।

असोजको ८ गते हुने टुर दि पोखरालाई जयन्ती मेमोरियल ट्रष्टले सहयोग रहेको आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए । बाराहीघाटबाट सुरु भएको साईकल ¥याली हल्लनचोक, जरेवर, सृजनाचोक, सिमलचौर, बगालेटोल, गणेशटोल, नालामुख, भिमसेनटोल, भैरवटोल, मोहरियाटोल, विन्ध्यवासिनी, बागबजार, बगर ट्क्यासीचोक, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, पृथ्वीचोक अम्मरसिहचोक, विजयपुर तालचोक, भण्डारढिक, पोखरा विश्वविद्यालय, शिसुवाचोक हुदै बेगनास पुग्नेछ ।

साइकल यात्रा, टुर दि पोखरा–२०१६ असोज दोस्रो साता
साइकल यात्रा, टुर दि पोखरा–२०१६ असोज दोस्रो साता

पोखरा देखि करिब २८ किलोमिटर दुरीतय गरेको टुर दि पोखरा–२०१६ का संयोजक निरज थापाले जानकारी दिए । उनले कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख ५० हजार खर्च लाग्ने थापाले बताए । उनले भाद्र ३० गते सम्म दर्ता गर्नेलाई ६ सय ५० र त्यस पछि ७ सय ५० रुपैया सहभागिता शुल्क लिने बताए । समितिका सल्लाहाकार आनन्दराज मुल्मीले पहिलो स्थानीय रुपमा र त्यस पछि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरीय बनाउने बताए ।

उनले प्रत्येक वर्ष साइकलको दुरी समेत बढाउने बताए । साइकलको अफरोड साइकल ल्याड बनाउन प्रयास गर्ने बताए । जिरोकिमि देखि कोत्रे सम्म बन्न सडकमा साइकल ल्याड पनि बनाउन सरकार सँग माग गरे । अघिल्लो वर्ष ४ सय ८० ले सहभागीता जनाएको र यस वर्ष करिब १ हजार जनाको सहभागीता जनाउने पोखरा साइकल सिटिका अध्यक्ष प्रकास ब्रर्जाचायले जानकारी दिए । उनले पोखरा भन्दा बाहिरबाट पनि सहभागीता जनाउने उनले बताए ।

कमेन्टहरु
Loading...