नेपालमा इन्टरनेट महँगो, पोखरा अझ बढि

काठमाडौ, २६ भदौ/नेपालमा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महँगो छ ।

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो रहेको आजको अन्नपूर्णमा समाचार छ । शुल्क महँगो भएपनि त्यसअनुसारको सेवा उपलव्ध छैन । तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन् ।

नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुन नै इन्टरनेट शुल्क महँगो हुनेका प्रमुख कारण हो । एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुँदा एकाधिकार बजार सिर्जना भएको हो । नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ ।

पोखरामा अझ बढि महँगो भएको प्रयोग कर्ता बताउ छन् । नेपाल टेलिकमले काठमाडौमा दिने र पोखरामा दिने एउटै गतिको इन्टरनेटमा पनि काठमाडौमा भन्दा पोखरामा महँगो रहेको प्रयोग कर्ता बताउ छन् । नीजि कम्पनीको पनि हाल त त्यही छ ।

कमेन्टहरु
Loading...