पोखरा, २६ भाद्र /लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले पूस्तक, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा क्रियाशिल क्लवले स्याङ्गजा जिल्लाको कृष्णगण्डकी गाउँ विकास समिति वडा नं.–३ बेल्टारीमा रहेको श्री सत्यवती माध्यामिक विद्यालयलाई शनिबार ती सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजीत औपचारिक कार्यक्रममा लायन्स क्लव ३२५ वि वान नेपालका ग्लोवल लिडरसिप चियरपर्सन परमेश्वर बराल र फेवा वेगनासका अध्यक्ष सन्तोष घिमिरेले विद्यालयका प्रधानध्यापक वेद प्रसाद न्यौपाने, व्यवस्थापन समितिका अध्यक्ष निर्मला अर्याललाई सामाग्री हस्तान्तरण गरे ।
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ वि वान नेपालका ग्लोवल लिडरसिप चियरपर्सन परमेश्वर बरालले कल्वले गरेको सहयोगको मुक्त्तकण्ठले प्रशंसा गरे । सामाजिक कार्यमा सक्रिय रुपमा अगाडि बढ्न खोजेको यस क्ल्वले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आफ्नो लोकप्रियता बढाउनेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो । विद्यालयमा पर्याप्त खेलकुद सामाग्री, स्टेशनरी सामाग्री नहुँदा समस्या परेको बेला लायन्स क्लवले गरेको सहयोग आप्ना लागि निकै महत्वपुर्ण रहेको विद्यालयका प्रधानध्यापक वेद प्रसाद न्यौपानेले बताए ।
आगामी दिनमा समेत यस्तै सहयोग प्राप्त हुने विश्वास उनले गरे । कार्यक्रममा लायन्स क्लव अफ लेक भ्यालीका निवर्तमान अध्यक्ष एम जे एफ भगवान कोइराला, लायन्स क्लव अफ सिर्जना चौतारीका वर्तमान अध्यक्ष एम जे एफ बसन्त गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला अर्याल, प्रधानध्यापक वेद प्रसाद न्यौपाने, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका प्रथम उपाध्यक्ष पुरुषोक्तम भण्डारी, द्धितिय उपाध्यक्ष ऋषिराम भण्डारी, सचिव विधान गौतम, कार्यक्रम संयोजक एवं क्लवका वातावरण निर्देशक शंकर पाण्डे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम संयोजक पाण्डेको आमा मन्धरा पाण्डेले आफ्ना स्व. पति रुक्मागत पाण्डेको स्मृतिमा अक्षयकोष स्थापनाको लागि विद्यालयलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण समेत गरिन् । वि.स.२०३० सालमा स्थापना भएको यस विद्यालयमा हाल १ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा विद्यालयमा पुगेर लायन्स क्लवले पूस्तक, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तन्तरण गरेकोमा विद्यार्थी तथा अभिभावक उत्साहित देखिन्थे ।