थ्रेसहोल्ड नभए च्याउ उम्रे जस्तै दलहरु जन्मिन्छः ओली

२१ जेठ, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले थ्रेसहोल्ड अनिवार्य भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ओलीले ‘थ्रेसहोल्ड’ नराख्ने हो भने नेपालमा च्याउ उम्रे जस्तै दलहरु जन्मदै जाने बताउनु भयो ।

KP-Oli-150x150उहाँले उच्चस्तरीय राजनीतिक समितिले जेठ २४ गते निर्वाचन ऐनको विवादित विषयमा सहमति कायम गर्ने र आगामी मंसिरमा संविधानसभाको निर्वाचन भएर छाड्ने दाबी गर्नुभयो । निर्वाचन हुन नदिन विभिन्न स्वदेशी र विदेशी शक्ति क्रियाशील रहेपनि वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो ।

एमाले नेता ओलीले कुनै एक दल निर्वाचनमा भाग नलिँदैमा देशलाई अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै त्यस्ता दल आफैँ पाखा लाग्ने बताउनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78534/#sthash.ijAr7fgM.dpuf

कमेन्टहरु
Loading...