मदरल्याण्ड स्कुल पश्चिमाञ्चल कै उत्कृष्ट, राष्ट्रियस्तर मै उत्कृष्ट हुन् छौ -शर्मा

पोखरा, २५ भदौ /मदरल्याड मावि मासबार पोखराले पश्चिमाञ्चल क्षेत्रबाट संस्थागद विद्यालयतर्फको उत्कृष्ट भई पुरस्कार जिते पछि विद्यालयमा शुक्रबार विषेश कार्यक्रम सम्पन्न गरेको छ ।

मदरल्याण्ड माविका निर्देशक त्रिभुवन शर्माले विद्यालयको ऐतिहासी उपलब्धी भएको बताउदै चुनौती थपिएको बताए । ‘अहिले पश्चिमाञ्चलमा पहिलो भएको छ,’ उनले भने, ‘यो उपलब्धीलाई कायम नै राखेर राष्ट्रियस्तर मै पहिलो हुने लक्ष्य सहित अगाडी बढ् छौ ।’ उनले सबै विद्यार्थी, शिक्षक र कर्मचारीको उपलब्धी भएको बताए ।

उनले कास्कीमा नीजि विद्यालयले पहिलो पटक पश्चिमाञ्चलमा उत्कृष्टको उपाधि जितेको दावी गरे । उत्कृष्ट भएको मदरल्याण्डले पाएको नगद एक लाखमा थप एक लाख थप गरि विद्यार्थी कल्याणकारीकोण र शिक्षक कल्याणकारीकोषमा एक एक लाख रुपैया प्रदान गरेको छ । कार्यक्रमा विद्यार्थीहरु गीत संगितले स्वागत गरेका थिए ।

यस कारण उत्कृष्ट

पोखरामा स्थापना भएको एक नीजि विद्यालय स्थापनाको २२ वर्षमा अन्य विद्यालयलाई पछि पार्दै पश्चिमाञ्चल कै नम्बर एकमा पर्न सफल भएको छ । पोखराको मदरल्याण्ड उच्च मावि संस्थागत विद्यालयतर्फ पश्चिमाञ्चलकै उत्कृष्ट विद्यालय हुदै बिहीबार नगद १ लाख सहित समानीत भएको छ ।

सरकारले शिक्षा दिवसको अवसरमा पुरस्कृत गर्ने विद्यालयको सूचिमा मदरल्याण्ड पश्चिमाञ्चलको पहिलो र देशकै तेश्रो उत्कृष्ट विद्यालयको रुपमा सूचिकृत भएको हो । विद्यालयले शिल्ड, ध्वजा, प्रमाणपत्र र एक लाख नगद प्राप्त गरेको छ । विद्यालय छनौट समितिले बिशेष अध्ययन गरेर मदरल्याण्डलाई उत्कृष्ट विद्यालयको रुपमा सिफारिस गरेको हो । यस विद्यालयले ८६।३६ अकं प्राप्त गरेको छ । शैक्षिक गुणस्तरीयताकै कारण आफ्नो विद्यालय उत्कृट हुन सफल भएको विद्यालयका उच्च मावि संयोजक तथा संस्थापक सदस्य नारायण प्रसाद आचार्यले बताए ।

मदरल्याण्डले अघिल्लो एसएलसी परीक्षामा न्यूनतम २।७ देखि अधिकतम ३।९ सम्म जिपिए प्राप्त गरेका विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । २०६१ सालदेखि उच्च मावि संञ्चालन गरेको विद्यालयमा हाल २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । ४५ जना विद्यार्थीबाट २०५१ सालमा सुरु भएको मदरल्याण्डमा अहिले करिब २ सय जनाले रोजगारी पाएका छन् ।

अघिल्लो एसएलसी परीक्षाको उत्तीर्ण दर, प्राप्त जिपिए, ९ कक्षाको बिद्यार्थी भर्नादर र उत्तीर्ण दर हेरेर उत्कृष्ट विद्यालयको रुपमा छनौट गर्ने गरिन्छ । १ सय ५४ जनाले परीक्षा दिएको अघिल्लो बर्षको एसएलसी परीक्षामा ६१ जनाले ’ए’ ग्रेड प्राप्त गरेका थिए । विद्यालय उत्कृष्ट हुनु पोखराकै लागि गर्वको बिषय भएको विद्यालयका संस्थापक कृष्ण बरालले बताए । यसलाई कायम राख्न र सँधै उत्कृष्ट बनाउनका लागि आँफुहरु दिनरात लागिरहने बताए ।

२०५१ सालमा स्थापित विद्यालयमा हालसम्म १३ सय भन्दा बढी विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन् भने उत्तीर्ण विद्यार्थीहरु कुनै न कुनै पेशा ब्यवसायमा लागेका बराल बताउँछन् । हाम्रा विद्यार्थीहरु विश्वमै प्रतिश्पर्धा गर्न सक्ने खालका छन्, उनले भने–मेडिकल, इञ्जिनियरिङ, बैंकिङ क्षेत्रमा हाम्रै विद्यार्थीहरु धेरै देखिन्छन् । एसएलसी बोर्ड हुँदा यहाँका विद्यार्थीहरु नेपालमै दोश्रो स्थानसम्म पुगेका बताए ।

उनले एउटै व्याजबाट १५ जनाले सम्म एमविविएसका लागि नाम निकालेको उल्लेख गरे । विद्यार्थीको लगनशिलता, कुशल ब्यवस्थापन र उत्कृष्ट नतिजाका कारण विद्यालय देशमै परिचित भएको विद्यालयका प्रधानध्यापक नारायण प्रसाद बराल बताउँछन् । उनले अझै सर्बोत्कृष्ट हुनका लागि मेहिनत गर्ने बताए ।motherland-high-school-1 motherland-high-school-2 motherland-high-school-3 motherland-high-school-4

कमेन्टहरु
Loading...