अविरल वर्षाले ग्रामिण सडक अवरुद्ध

पोखरा, २३ भदौँ/बुधबार दिऊसो देखि परेको अविरल वर्षाले, कास्कीका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । सात घण्टा अविरल रुपमा परेको वर्षाले अमलाविसौनी घार्मी आलेवारी अम्बरेश्वर सडकमा यातायात सेवा अवरुद्ध भएको छ । उक्त ग्रामिण सडकका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको समितिका अध्यक्ष धर्मराज आचार्यले जनाएका छन् ।

सडक खण्डको अमलाविसौनीमा डाडो नै लच्केर सडकमा आएको छ भने घार्मी, कूरेचौर र मूलाछर्ने क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरोले ऋषिराम पौडेलको घर पुरेको छ भने एकनाथ अधिकारीको गोठमा क्षति पुगेको र घर बस्नै नमिल्ने भएको स्थानिय डिल्लीराम पौडेलले जानुकारी दिनुभयो । पहिरो कै कारण घार्मीका धर्मराज पौडेल र नारायण सुनारको घरमा पनि क्षति पुगेको छ ।

दैनिक रुपमा बस सेवा सञ्चालन हुने उक्त सडक खण्डमा बाटो अवरुद्ध भएसँगै दैनिक रुपमा आवतजावत गर्ने सवारीसाधन र उपभोक्ताहरु समस्यामा परेका छन् । त्यस्तै महेन्द्रगुफा हुदैँ अर्मलाकोट जाने ग्रामीण सडकमा पनि ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्दा एक घरलाई क्षति पु¥याएको छ । पहिरोकै कारण भूनपरे वेशीचोक घार्मी ग्रामिण सडक पनि अवरुद्ध भएको स्थानिय शिव पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...