पुरुन्चौरमा पहिरोले तीन घर जोखीममा, कालिकामा एक पुरियो, सकड अवरुद्ध

पोखरा, २३ भदौ /गए राती आएको भिषण वर्षाले कास्कीको लामाचौर माछापुच्र्छे सडक खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ । चुरुङगा र पात्लेका विभिन्न ठाउँमा पहिरो गएको स्थानीय खिमलाल बास्तोलाले जानकारी दिए ।

पहिरो हटाउने डोजर नै आवश्यकता पर्ने उनले बताए । पहिरोले दिलबहादुर भुजेल लगाएत अन्य तीन घर उच्च जोखीममा परेको बास्तोलाले बताए । त्यसै गरि कालिका गाविस वडा नं ६ सुनपा देवी भन्ने स्थानमा पहिरो आई ५७ बर्षिय बोधराज तिमिल्सिनाको २ तले पक्की घर पूर्ण रुपमा क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

उनका २ वटा भैसीको मरेको, १ वटा स्कुटर पहिरोले पुरिएको प्रहरीले जानकारी दियो । बोधराज तिमिल्सिना र उनीको श्रीमती भिमादेवी तिमिल्सिना घाईते भएकोमा प्रहरी टोलीले उद्वार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भई रहेको छ ।

कमेन्टहरु
Loading...