काठमाडौँ, जेठ २१
विश्व वातावरण दिवसका अवसरमा सहरी विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले मंगलबार राजधानीमा विविध कार्यक्रमको आयोजना गरेको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा पोखरा उपमहानगरपालिकालाई उत्कृष्ट सफासुग्घर सहर–२०७० बाट सम्मानित गरिएको ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले कालो झोला निषेधित क्षेत्र, फूटपाथ निषेधित क्षेत्रलगायतका घोषणा गरी पोखरालाई सफा सुग्घर बनाउन प्रयत्न गरिएको बताए । केन्द्रका कार्यकारी अधिकृत डा सुमित्रा अमात्यले समुदायको सहयोगबिना वातावरण जोगाउन असम्भव भएकाले समुदायलाई नै वातावरण संरक्षणमा अग्रसर बनाउनुपर्नेमा जोड दिएका थिए ।
‘सोचेर खाऔं, खाना खेर नफालौँ : वातावरण जोगाऔ भन्ने मूल नाराका साथ जुन ५ अर्थात् भोलि बुधबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। रासस cp. setopati.com