पोखरामा टिभिएसको ¥याली

पोखरा, २० भाद्र/पोखरामा टिभिएसको वृहत स्कूटर र्याली सोमवार सम्पन्न भएको छ । भर्खरै वजारमा आएको नयाँ मोडलको टिभिएस स्कूटर वजारमा जानकारी दिने उद्देश्यले र्याली आयोजना गरीएको गण्डकी धौलागिरीका लागी अधिकृत विक्रेता वतास अर्गानाइजेसन प्रालीका स्कूटर विभाग प्रमुख सन्तोष पोख्रेलले जानकारी दिए ।

नेपालका लागी टिभिएसको अधिकृत विक्रेता जगदम्वा मोटर्स प्रालीको सहयोगमा र लेखनाथ मिडिया हाउसको व्यवस्थापनमा आयोजित कार्यक्रममा ५० वटा स्कूटरमा कास्की जिल्लाका विभिन्न ठाउँहरुमा र्याली गरीएको थियो । नजिकिँदो चाडवाड लाक्षित गरी आयोजना गरीएको कार्यक्रमले पोखराको वजारमा टिभिएस स्कूटरले राम्रो वजार पाउने जगदम्वा मोटर्सका मार्केटिङ्ग नवराज कोइरालाले जानकारी दिए ।

नेपालमा नै सार्वाधिक विक्रि गर्ने लक्ष्य सहित आक्रामक रुपमा वजार आउको टिभिएसले उइगो, जेष्ट, जुपिटर, लगाएतका स्कूटर र आपची आरटिआर वाइक विक्रि गर्ने गर्छ , पछिल्लो समयमा नेपालमा अटोमोवाइल्स क्षेत्रमा छुट्टै ब्राण्ड वनाएको जगदम्वा मोटर्सले स्कूटरमा एकमुष्ठ रुपमा १० हजार नगद डिस्काउण्ट दिएको छ ।

कमेन्टहरु
Loading...