घान्द्रुकमा एघार क्वीन्टल गाँजा फडानी

पोखरा, २१ जेठ/ कास्कीको घान्द्रुक गाविस, वडा नं.२ मा सोमबार एघार क्वीन्टल गाँजा फडानी गरिएको छ । स्थानीय अन्नपूर्ण युवा क्लव, लालीगुराँस वचत समुह र घान्द्रुक प्रहरी चौकीको संयुक्त पहलमा गाँजा फडानी गरिएको हो ।

करिब ३५ जनाले वडा नं २ को फूलीवाङ, सुनखानी, किम्चे, धौं, चाने, भोजे र क्रेजों गाउँमा गाजाँ फडानी गरेका हुन् । उक्त एघार क्वीन्टल गाँजा सोमबार नै नष्ट गरिएको छ । गाँजा फडानीमा अन्नपूर्ण युवा क्लवका अध्यक्ष गौतम गुरुङ, लालीगुँरास वचत समुहकी अध्यक्ष विद्या वि.क र घान्द्रुक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरिक्षक चन्द्रबहादुर गोदारले नेतृत्व गर्नुभएको थियो ।

युवाहरुलाई लागुपदार्थ सेवनबाट रोकेर विकृति, विसंगती हुन नदिन गाँजा फडानी गरिएको वचत समुहकी अध्यक्ष विद्या वि.कले बताउनुभयो ।

कमेन्टहरु
Loading...