पोखरा उद्योग वणिज्य संघको महासचिवमा दामु र लक्ष्मीले उमेद्वारी दिने

पोखरा २० भदौ/पोखरा उद्योग वाणिज्य संघको महासचिवमा दुई जनाले उमेद्वारी दिने भएका छन् । अहिलेको कार्यसमितिमा सदस्य रहेका दामु अधिकार र महिला उद्यमी लक्ष्मी पाण्डेले उमेदवारी दिने भएका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत सोमवार उनीहरु दुबैले महासचिव पदको लागि मनोनयन पत्र लिएकी छिन् ।

लक्ष्मी पाण्डे
लक्ष्मी पाण्डे

महासचिबमा दामु अधिकारीले मनोनयन पत्र लिएर गएको केही समय पछि पाण्डेले मनोनयनपत्र लगेकी छन् । अहिलेसम्म अधिकारी एकल उमेदवारको रुपमा रहेपनि अन्तिम समयमा आएर पाण्डेले उमेदवारी दिने तयारी गरेकी हुन् ।

ब्यवसायीक रुपमा कम्प्लिट होम स्टोर्स न्यूरोड र इमर्जिड टेक्नोलोजी सोलुसन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीमा पाण्डे आबद्ध छन् । उनी हाल पोखरा उद्योग बाणिज्य संघको महिला उद्यम विकास समितिको कोषाध्यक्ष हुन् ।

दामु अधिकारी शुभजगदम्बा टुर्स एण्ड ट्राभल्स पोखरा प्रालि, शुभजगदम्बा टायर एण्ड ट्रेड प्रालि, मोडन इरा टुर्स एण्ड ट्राभलस प्रालि, पोखरेली ए टु जेट इन्भेष्टमेन्ट कम्पनी, शुभजगदम्बा क्रकिट एण्ड व्लक उद्योग, शुभ जगदम्वा अटोमोवाइसमा आवद्ध छन् ।

कमेन्टहरु
Loading...