ह्याण्डबलको फाइनलमा माउन्ट अन्नपुर्ण र गण्डकी बोर्डिङ्गलाई उपाधी

पोखरा, २० भदौ /पोखरा १६ बाटुलेचौर स्थित हिमालय क्लव द्वारा तीज मेलामा आयोजना गरिएको विद्यालय स्तरिय ह्याण्डबल प्रतियोगिताको फाइनलमा छात्र तर्फ माउन्ट अन्नपुर्ण र छात्रा तर्फ गण्डकी वोर्डिङ्गले जितेका छन ।

ह्याण्डबलको फाइनलमा माउन्ट अन्नपुर्ण र गण्डकी बोर्डिङ्गलाई उपाधी
ह्याण्डबलको फाइनलमा माउन्ट अन्नपुर्ण र गण्डकी बोर्डिङ्गलाई उपाधी

छात्रको खेलमा माउन्ट अन्नपुर्ण लिटिल स्टेप उच्च मावी संग २८–२४ गोल अन्तरले विजयी भएको हो । त्यसै गरि छात्रा तर्फ गण्डकी पोखरा एकडेमी संग ४ का विरुद्ध ७ गोलले विजयी भयो ।

प्रतियोगितामा प्रथम हुने माउन्ट अन्नपुर्ण र गण्डकीले नगद १५–१५ हजार र दोश्रो हुने लिटिल स्टेप र पोखरा एकेडेमीले नगद १०–१० हजारका साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा सेमिफाइनल पुगेका छात्र तर्फ गण्डकी र सरस्वती विद्याश्रम तथा छात्रा तर्फ माउन्ट अन्नपुर्ण र सरस्वती विद्याश्रमले नगद २५–२५ सय प्राप्त गरे ।

प्रतियोगितामा गण्डकीकी छात्रा आर्कीती गुरुङ्ग सर्वाधिक गोल गरिन । उनले टिमका लागि ७ गोल गरेकी थिइन । त्यसैगरि छात्र तर्फ माउन्ट अन्नपुर्णका मिलन गुरुङ्गले सर्वाधिक गोल कत्र्ता घोषित भए । उनले १५ गोल गरेका थिए । छात्र तर्फ सरस्वती बिद्याश्रमका विश्वास गुरुङ्ग वेष्ट प्लेयर घोषित भए भने छात्रा तर्फको वेष्ट प्लेयर पाुेखरा एकेडेमीका दिप्ती गुरुङ्गले प्राप्त गरिन ।

प्रतियोगितामा विजयी खेलाडीलाई नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, विद्यालय ह्याण्डबल संघका उपाध्यक्ष अशोक शाही, क्लबका सल्लाहाकार लगाएतले पुरुस्कार वितरण गरेका थिए । समापन कार्यक्रम क्लबका अध्यक्ष जिवनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका १४ छात्रा र १५ छात्र गरि २९ टिमको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...