पोखराको मध्ये भागमै भासियो, चारतले घर जोखिममा

फाइल तस्विर

पोखरा १९ भदौ / पोखराको मध्ये भागमै जमिन भासिएको छ । पोखराको मुख्य ब्यापारिक क्षेत्र चिप्लेढुङ्गा स्थित पन्थी मार्गमा जमिन भासिएपछि दुई वटा सटरमा क्षती पुगेको छ भने एक घर जोखिममा परेको छ ।

शनिबार राती परको पानीले जमिन भासिने क्रम अहिलेपनि जारी छ । स्थानिय राधाकृष्ण रौनियारको दुई वटा सटरमा भासिएको छ । दुई मध्ये एउटा सटरमा सञ्चालन गरिएको फेन्सी स्टोर्सको सामान अन्यत्र सारिएको छ । जमिन भासिएपछि अहिले सटरमा बस्न सक्ने अबस्था छैन ।

त्यस्तै आडमा रहेको प्रेम प्रसाद अधिकारीको चार तले घर पनि जोखिममा परेको छ । झण्डै १० फिट गहिरो गरी जमिन भासिदा वरपर ओडार जस्तो बनेको छ । स्थानियले सडकमा सवारी आवतजावत बन्द गरिएका छन् ।

कमेन्टहरु
Loading...