स्याङ्जाको केवरेताप्केमा पहिरो, एकै घरका ४ को मृत्यु

विनोद रखाली मगर
पोखरा, १९ भदौ स्याङ्जाको केवरेभन्ज्याङ् गाविस वडा न. ७ स्थीत माथिल्लो ताप्के स्थानमा शनिवार राती परेको अविरल वर्षाका कारण पहिरो खस्दा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

घर मुलि थमन सिंह सारु मगरको घर भन्दा माथिवाट आएको पहिरो खसी घरको पछाडीको भित्ता सहित पहिरो घर भित्र पस्दा चार जनाको मृत्यु भएको हो ।

एकै कोठामा सुतिरहेका थमनसिँह सारुका आमा वर्ष ७८ की चन्द्र कुमारी सारु, मल्याङ्कोट घर भई माइत आएकी वर्ष ३१ की हुम कुमारी मसराङ्गी , वर्ष ७ की पुनम मसराङ्गी र १ वर्षीय मिलन मसराङ्गीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ ।

मृतक मध्ये हुम कुमारी मसराङ्गी तीज मनाउन माइत आएको र उनकी १ छोरी र १ छोरा मामाघर आएको वेला पहिरोमा परी मृत्यु भएको हो । पहिरो अन्दाजी २ वजेको समयमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । फाइल तस्विर

कमेन्टहरु
Loading...