कास्कीको देउरालीमा बाढीले १ घर बगायो, २५ घर जोखिममा

पोखरा १९ भदौ /कास्कीको देउराली गा.बि.स बडा नं २ देउराली फेदीमा शनिबार रातीको बाढीले दुई दर्जन भन्दा बढी घर जोखिममा परेका छन ।बर्षाका कारण फुस्रे खोलामा पानीको बहाब उच्च हुदा एक घरमा पुर्ण रुपमा क्षेती भएको र अन्य २५ घर जोखिममा रहेको स्थानिय रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

कास्कीको देउरालीमा बाढीले १ घर बगायो, २५ घर जोखिममा
कास्कीको देउरालीमा बाढीले १ घर बगायो, २५ घर जोखिममा

बाढीले रन बहादुर गुरुङको घरमा पुर्ण क्षेती पुगेको छ भने साबित्री बसौला र हरी प्रसाद बसौला ,धुब्र बसौला , बेलु जोशी, रेशम श्रेष्ठ , प्रगती घिमीरे, हस्त कुमार श्रेष्ठ, श्यामलाल श्रेष्ठ, जुमलाल श्रेष्ठ, कमला जोशी,राम कुमार जोशी , हरी श्रेष्ठ, रामजी पौडेल सन्त बहादुर गुरुङ जस बहादुर गुरुङ , पुन नारायण श्रेष्ठ , मोहनलाल जोशी,प्रबिण श्रेष्ठको घर उच्च जोखिममा रहेको ।

बिस्थापित परिवारलाई सुरक्षित ठाउँमा अस्थाइ बसोबासको ब्यबस्था मिलाइएको स्थानिय प्रसन गुरुङले जानकारी दिनुभयो । साथै बाढीले फेदीबाट डोटेलकुना र डाँडाको मुख जोड्ने कच्ची पुल बगाउँदा आबत जाबतमा समस्या भएको छ । सो क्षेत्रमा केही बर्ष अगाडीको बाढीले १६ परिवारलाई बिस्थापित बनाइएको थियो ।

कमेन्टहरु
Loading...