माग पुरानभए फेरी आन्दोलन –डा. केसी

सागर राज तिमिल्सिना
पोखरा, १८ भदौ/स्वास्थ्य र चिकित्सा क्षेत्रको सुधारका लागि प्राध्यापक डा. गोविन्द केसीले आफ्ना माग पुरा नभएमा जनताको पक्षमा फेरी आन्दोलन गर्ने बताएका छन् ।

माग पुरानभए फेरी आन्दोलन –डा. केसी
माग पुरानभए फेरी आन्दोलन –डा. केसी

सोलिडारिटी फर डा. केसी अलायन्सले पोखरामा आयोजना गरेको कायक्र्रममा केसीले आफुले राखेको माग पुरा नभएमा आफु पुन आन्दोलनमा होमिने बताए ।

सरकारका मन्त्री सगँको छलफलमा सबै सकारात्मक नै रहेको बताउदै आफ्ना माग पुराहुने बताए । उनले अख्तियारका आयुक्त लोकमान सिंह र आफुलाई छानविन गरि जो दोषी छ त्यसलाई कार्वाहीको गर्न समेत माग गरे । उनले आफुहरुको माग नेपालमा मेडिकल कलेज खोल्न नपाउने भएको बताउदै शहरमा खोल्न नपाउने रहेको बताए । नेपाली मेडिकल कलेजले महङ्गो शुल्क लिएका कारण नेपाली विद्यार्थी सस्तो कलेज खोज्दै विदेशीनु परेको बताए ।

माग पुरानभए फेरी आन्दोलन –डा. केसी
माग पुरानभए फेरी आन्दोलन –डा. केसी

उनले नयाँ संरचना अनुसार सबै प्रदेशमा एक एक वटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग राखे । कार्यक्रममा उपस्थित भएका मेडिकलका विद्यार्थीहरुलाई पहिले असल डाक्टर बन्नु पर्ने बताउदै असल बने पछि मात्रै सफल डाक्टर बन्न सकिने बताए । ‘सफल चिकित्सकहरु सबै असल छैनन्,’ उनले भने, ‘ तपाई हरु पहिले असल चिकित्सक बन्नु होस्र त्यस पछि सफल’ ।

कार्यक्रम पछि डा केसी सहित उपस्थितहरुले पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल क्षेत्रमा सफाइ समेत गरेका थिए । सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक राजाराम केसीले देशमा जुनसुकै क्षेत्रमा पनि फोहोर नै फोहोर रहेको बताउदै सांकेतिक रुपमा सफाइ गरेको बताए । पोखरामा लागेको झरीमा रुज्दै विभिन्न ठाउँबाट युवाहरु कार्यक्रममा उपस्थित भएका थिए ।

कमेन्टहरु
Loading...