विग आईकनमा १ सय २६ जना दोस्रो चरणमा

पोखरा, 21 जेठ /चौथो सँस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको पहिलो चरण अन्तरगत तेस्रो दिनको अडिसनमा २३ जना प्रतिस्पर्धीहरुले अघिल्लो चरणको लागी ग्रीन कार्ड प्राप्त गरेका छन् । तेस्रो दिन अडिसनमा १ सय ८५ जनाले सहभागिता जनाएका थिए । पहिलो चरणको अडिसन मंगलबारसम्म चल्ने एफएमले जानकारी दिएको छ । अडिसन अन्तरगत पहिलो दिन ५१ र दोस्रो दिन ४२ जना प्रतिस्पर्धीहरुले ग्रीन कार्ड प्राप्त गरेको एफएमले जनाएको छ । ग्रीन कार्ड प्राप्त गरेका सम्पुर्ण प्रतिस्पर्धीहरुले अर्को चरणको लागी जेठ २३ गते विहिबार प्रतिस्पर्धा गर्ने एफएमले जनाएको छ । दोस्रो चरणको अडिसन विहिबार दिनभर चल्ने एफएमले जनाएको छ । चौथो सँस्करणको विग आईकनमा उत्कृष्ट हुनका लागी प्रतियोगीहरुले विभिन्न १८ वटा अडिसन पार गनुपर्नेछ । चौथो विग आईकनको फाईनल साउन ५ गते हुने एफएमले जनाएको छ ।

3यो पटकको विग आईकनको निर्णायकको रुपमा सुनील थापा र विनोद बाँनिया रहेका छन् । दुई दिनसम्मको अडिसनमा आएका प्रतिस्पर्धीहरु निकै प्रतिभावान भएको निर्णायकहरुले बताएका छन् । अघिल्ला सँस्करणको विग आईकनको तुलनामा यसपाली आएका अनि अघिल्लो चरणका लागी छनौट भएका प्रतियोगीहरु संगीतमा धेरै कुराको ज्ञान लिएर आएको उनीहरुले बताए । यद्यपी अबका चरणहरु निकै प्रतिस्पर्धात्मक हुने भएकोले प्रतियोगीहरुले कडा मेहेनत गनुपर्ने उनीहरुले आवश्यकता औँल्याए ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । विग आईकनका लागी यसपालि करिब १५ लाख रुपैँया खर्च लाग्ने एफएमले जनाएको छ । नेपालमा कुनै पनि गायन सम्बन्धि रियालिटि शो चौथो सँस्करणसम्म निरन्तर चलेको विग आईकन मात्रै हो ।

चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ । उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

 

कमेन्टहरु
Loading...