पृथ्वीचोक देखी नयाँपुलसम्म चल्ने बस यस्ता छन्

पोखरा, १५ भदौ/कास्कीका ढिकुरपोखरी, लुम्ले, कास्कीकोट र सल्यानवासीले बस सेवामा समस्या परेको भन्दै बस थपको माग गरे पछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बस सेवा थप गर्ने भएको छ ।

पृथ्वीचोक देखी नयाँपुलसम्म चल्ने बस यस्ता छन्
पृथ्वीचोक देखी नयाँपुलसम्म चल्ने बस यस्ता छन्

समिति सगँ भएको सहमतिमा पछि भदौ १६ गतेदेखि बस सेवा संचालन गर्नका लागि समितिले पोखरामा दुई वटा बस पोखरा ल्याएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले त्यस क्षेत्रका जनताले यातायातमा सेवा दिनका लागि बस थप गरेको बताए ।

उनले दुई वटा बस बुधबार पोखरा आइपुगेको बनाउदै बिहीबार सम्ममा थप ६ वटा बस आउने बताए । उनले त्यस क्षेत्र र अन्य क्षेत्रका लागि करिब २० नयाँ बस थप गर्न लागेको बताए । आइसर कम्पनीका ति सुविधा युक्त बस ३२ सिटे रहेको बताए । उनले जनताको माग अनुसारको समयमा सेवा प्रदान गर्ने बताए

कमेन्टहरु
Loading...