चिल्डे«न–नेपालले तीजको अवसरमा नाचगान र दर

पोखरा १४ भाद्र /चिल्डे«न–नेपालको आयोजनामा हरितालिका तिजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । संस्थाद्वारा विद्यालय पढ्न सहयोग पाएका बालबालिकाहरू र तिनका अभिभावकहरूको निम्ति हरेक वर्ष जस्तै यस वर्ष पनि दर खुवाउने कार्यक्रम गरिएको बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बताइन् ।

चिल्डे«न–नेपालले तीजको अवसरमा नाचगान र दर
चिल्डे«न–नेपालले तीजको अवसरमा नाचगान र दर

कार्यक्रममा बालिका र महिला अभिभावक गरी ३ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न समुहमा नृत्य प्रतियोगिता समेत सम्पन्न भएको थियो । जसमध्ये बालिकाहरू विच भएको नृत्य प्रतियोगितामा शर्मिला परियार प्रथम, राधा खत्री द्धितिय, सरला सुनार तृतीय र स्वस्तिका आचार्य चौथो भए ।

अभिभावकहरूबीच भएको प्रतियोगितामा अञ्जु परियार प्रथम, निता बि.क.द्धितिय, सरस्वती बि.क.तृतीय एवं सूर्यमुखी हस्तकलामा कार्यरत रिुपा बि.क. र सम्झना नेपालीले सान्तना पुरस्कार प्राप्त गरेका थिए । समापन समारोहमा बोल्दै अभिभावक शान्ता प्यासीले विगत १८÷१९ वर्ष देखि आफुहरुको माइति चिल्डे«न–नेपाल भएको कुरा व्यक्त गरिन् ।

आफ्नो घर÷माइतिको भूमिका निर्वाह गर्र्दै तिजमा चेलिबेटीलाई एकिकृत गरी आफ्नो माइती विर्साउने काम गरेकोमा चिल्डे«न–नेपाललाई उनले धन्यवाद समेत दिइन् । संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सबै दिदि बहिनीहरूसँग एकै दिन यसरी भेट भएर तिज पर्वलाई मनाउन पाउँदा निकै खुशी लागेको बताए ।

कार्यक्रम मार्फत बरिष्ठ कार्यक्रम अधिकृत डिल्लीप्रसाद शर्माले हरितालिका तिजको अवसरमा सबै दिदि बहिनीहरूलाई शुभकामना दिएको चिल्ड्रेन नेपालका रमेश सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...