रानीपौवा पुरानोधारामा हुने खुल्ला तीजगीत प्रतियोगिताको तयारी तीब्र

पोखरा, १४ भदौ /पर्व तथा संस्कृतिको जगेर्ना गर्ने, विकृति रहित तीज पर्व मनाऔ भन्ने मुल नाराका साथ पोखरा १२ रानीपौवा पुरानो धारामा आयोजना गर्न लागेको खुल्ला तीजगीत प्रतियोगिताको तयारी तीब्र रुपमा अगाडी वढेको छ ।

रानीपौवा पुरानोधारामा हुने खुल्ला तीजगीत प्रतियोगिताको तयारी तीब्र
रानीपौवा पुरानोधारामा हुने खुल्ला तीजगीत प्रतियोगिताको तयारी तीब्र

आदर्श समाज सामाजिक संस्था पोखरा १२, रानीपौवा, पुरानोधाराले आयोजना गर्न लागेको आठौ खुल्ला तीजगीत प्रतियोगीताको तयारी तीब्र रुपमा अगाडी वढिरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै आदर्श समाज सामाजिक संस्था पोखरा १२ का अध्यक्ष शिव प्रसाद कोइरालाले आठौ संस्करणको खुल्ला तीजगीत प्रतियोगितालाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनका लागी तयारी भइरहेको वताए ।

उक्त प्रतियोगिता मार्फत लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र स्थानिय प्रतिभाको प्रस्फुटन गराउने, मौलिक संस्कृतिका साथ नेपाली लोक संस्कृतिको प्रवद्र्धन गर्ने र महिलाहरुको कला प्रदर्शनीका साथ विभिन्न गतिविधीमा अग्रसर गराइ महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्य लिइएको कोइरालाले वताए । भदौ १९ गते आइतबार हरितालिका तीजको दिन सम्पन्न हुने उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्नेलाई क्रमश १५, १० र ७ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगितामा सान्तवना, उत्कृष्ट भेषभुषा तथा नृत्यलाई नगद ५ हजार प्रदान गरिने छ । हरितालिका तीजको दिन हुने उक्त प्रतियोगितामा प्राज्ञ हरिदेवी कोइराला, वरिष्ठ लोक गायक पदमराज ढकाल र गायिकाहरु माया गिरी र सरस्वती परियार र गोरे गुरुङ लगायतका ख्याति प्राप्त कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहने आयोजकले जनाएको छ ।

२० टीमको सहभागीता रहने उक्त प्रतियोगितामा जय भू.पू. सैनिक सुनचादी पसल महेन्द्र पुलको मुख्य प्रायोजन रहेको छभने सागर ज्वेलर्स, न्युरोड, ग्लोबल कलिजियट उच्च मावि रानीपौवा र बिजया मेडिकल पोखराको प्रायोजन रहेको छ । त्यसैगरी प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन स्वागत फुड मार्केट प्रा.लि. तथा स्वागत रियल स्टेड प्रालि चाउथेले गरेको छभने दोश्रो पुरस्कार जय शिव शंकर हार्डवेयर चाउथे, तृतिय पुरस्कार प्रायोजन पोखरा डायनोसिस सेन्टर न्युरोड र सान्तवना, उत्कृष्ट भेषभुषा तथा नृत्यको पुरस्कार मेनिक्षा इलेक्ट्रिकल्स पुरानो धारा रानीपौवा १२ ले गरेको छ ।

कमेन्टहरु
Loading...