आनन्द ज्योती उच्च माबीलाई ६ थान कम्प्युटर सहयोग

पोखरा, १४ भदौ/लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योती उच्च माबीलाई ६ थान कम्प्युटर सहयोग प्राप्त भएको छ । पुर्व बिद्यार्थी समेत रहेका समाजसेबी पदमराज पौडेलको सहयोगमा बिद्यालयलाई ६ थान कम्प्युटर प्राप्त भएको हो ।

सोमबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजसेबी पौडेलले बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिष्णुबहादुर बुढाथोकी र प्रधानध्यापक शुक्रराज अधिकारीलाई सहयोग स्वरुप ६ थान कम्प्युटर हस्तान्तरण गरेका थिए । पौडेलले यस अगाडी पनि बिध्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको प्रध्यानध्यापक अधिकारीले जानकारी दिए । कार्यक्रममा बिद्यालयलाई सहयोग गरेको भन्दै पौडेललाई प्रशसापत्र सहित सम्मान गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेबी पौडेलले आफु यस बिद्यालयको पुर्व बिद्यार्थी भएकोले आगमी दिनमा पनि बिद्यालयलाई सहयोग गरिरहने बताए । बिद्यालयमा बढ्न थालेको राजनिती प्रती सङ्केत गर्दै उनले शिक्षा क्षेत्र राजनिती मुक्त हुनुपर्नेमा जोड दिए । आफुले पढेको बिद्यालयको सधै प्रगती भएको देख्ने चाहाना भएकोले पनि बिद्यार्थीले कम्प्युटर सम्वन्धी ज्ञान लिन सकुन भनेर सहयोग गरेको उनले बताए ।

कार्यक्रममा बिद्यालय व्यस्थापन समितीका अध्यक्ष बिष्णु बहादुर बुढाथोकीले पौडेलले गरेको सहयोक उदारणिय रहेको बताउदै सबैको सहयोगले बिद्यालयको पठनपाठनमा टेवा पुगेको बताए । बिद्यालय व्यस्थापन समितीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक , प्रधानध्यापक शुक्रराज अधिकारी , शिक्षक तारानाथ लामिछाने लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...