साहित्यकार रुपिन्द्रलाई अन्तरङ्ग रजत उत्सव सम्मान

लमजुङ, १३ भदौ /युवा साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावीलाई लमजुङमा अन्तरङ्ग रजत उत्सव सम्मान प्रदान गरिएको छ । लमजुङको जेठो पत्रिका अन्तरङ्ग साप्ताहिकले आफ्नो रजत उत्सवका अवसरमा आयोजना गरेको कायव्रmममा संस्कृतिकर्मी चेतन कार्की, असमका साहित्यकार प्रा. टीकाराम उपाध्याय ‘निर्भीक’, ठाडो भाका शिरोमणि भेडीखर्के साइँला र सांसद जमिन्द्रमान घलेले सम्मान पत्र र दोसल्लाले प्रभावीलाई सम्मान गर्नुभयो ।

अन्तरङ्ग साप्ताहिकबाटै साहित्य लेखन र पत्रकारिता सुरु गरी विभिन्न साहित्यिक संस्थाको नेतृत्व तथा स्तरीय साहित्य रचनामा लागेको र विभिन्न सञ्चार माध्यममा आबद्ध रही पत्रकारिताको विकासमा पनि योगदान गरेर दुवै क्षेत्रमा गौरव गर्न लायक प्रतिभा बनेको भन्दै सो सम्मान प्रदान गरिएको सम्पादक नवराज पहाडीले जानकारी दिनुभयो ।

साहित्यकार रुपिन्द्रलाई अन्तरङ्ग रजत उत्सव सम्मान
साहित्यकार रुपिन्द्रलाई अन्तरङ्ग रजत उत्सव सम्मान

प्रभावीसँगै साहित्य, संस्कृति, समाजसेवा, पत्रकारिता, शिक्षा लगायत विभिन्न क्षेत्रमा व्रिmयाशील विभिन्न व्यक्तित्वहरुलाई पत्रिकाले सम्मान गरेको छ । साहित्यकार मुरारी सग्देल, स्वतन्त्र शक्ति साप्ताहिकका कार्यकारी सम्पादक कृष्णबहादुर आले, संस्कृतिकर्मी चेतन कार्की, पत्रकार कृष्णप्रसाद बाँस्तोला, साहित्यकारद्वय विश्वविनोद र शलिग्राम अधिकारी, सांसद जमिन्द्रमान घले, साहित्यकार रुद्रनिधि तिवारी, झपरबहादुर थापा, साहित्यकार तथा समाजसेवी कृष्णराज ओलिया, लक्ष्मीनारायण शिल्पकार (झण्डे बुढा) र संवाददाताद्वय सावित्री गुरुङ र जीतबहादुर गुरुङलाई पनि रजत उत्सव सम्मान प्रदान गरिएको थियो ।
यसै बिच, अन्तरङ्ग साप्ताहिकले रजत उत्सवकै अवसरमा आयोजना गरेको तेस्रो राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा काठमाडौँका सुनील अधिकारी प्रथम हुनुभएको छ । २ सय जना मुक्तककारहरुबाट छानिएका १२ जना मुक्तककारहरुमध्ये स्याङ्जाका मिलन समीर र रामेछापका जीवन खत्री व्रmमशः द्वितीय र तृतीय हुनुभएको छ भने स्याङ्जाकी सम्झना रेग्मी ‘सानु’ र बाग्लुङका विवश थापा ‘आँसु’ले सान्त्वना स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २५ सय रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो ।

सोही कार्यव्रmममा साहित्यकार तथा पत्रकार नवराज पहाडीको मुक्तक सङ्ग्र्रह ‘रागको राप’ तथा असमका साहित्यकारहरु मदन थापाको ‘अक्षरको खेती’, मुन्नी सापकोटाको ‘जिङ्गो बाजेको आँसु’, हरि गजुरेलेको ‘मान्छेका कथा खोज्दै’ र हेमन्त भट्टराईको ‘कोपिलो’ कृतिको विमोचन गरिएको थियो ।

पत्रिकाका सम्पादक तथा प्रकाशक नवराज पहाडीको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, एमालेका जिल्ला अध्यक्ष धनन्जय दवाडी, नेकपा माओवादी (केन्द्र) जिल्ला संयोजक मोहनहरि पौडेल, प्रमुख जिल्ला अधिकारी मोहन जी.सी, कारागार शाखाका प्रमुख काजीमान सुनार, असम नेपाली साहित्य सभाका अध्यक्ष डम्बर दाहाल, नेपाल–असम मितेरी साहित्यिक समारोहका संयोजक मदन थापा, असमका साहित्यकार चन्द्र लुइँटेल, अन्तरङ्गकी व्यवस्थापक सुधा पहाडी, साहित्यकार मातृकाप्रसाद खनाल, गायिका लालुमाया गुरुङलगायतले आफ्ना अभिव्यक्ति राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...