‘मेलोडी अवार्ड’ को घोषणा, गीतकार तीर्थ तामाङलाई

पोखरा, १३ भदौ/पोखराको चिप्लेढुङ्गामा रहेको मेलोडी क्याफे एन्ड लाउन्ज वारले प्रदेश नम्बर चारमा गीत संगित क्षेत्रमा योगदान दिएको व्यक्तीलाई सम्मान गर्न ‘मेलोडी अवार्ड’ को घोषणा गरेको छ । मेलोडी क्याफेले दोस्रो वार्षिकोत्सवको अबसरमा नगद २५ हजार ५ सय २५ रुपैया सहित, ताम्रपत्र र दोसल्लाले गीतकार तीर्थ तामाङलाई अवार्ड प्रदान गर्ने घोषण गरेको छ ।

‘मेलोडी अवार्ड’ को घोषणा, गीतकार तीर्थ तामाङलाई
‘मेलोडी अवार्ड’ को घोषणा, गीतकार तीर्थ तामाङलाई

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसको आधारमा तामाङलाई अवार्ड प्रदान गर्न लागिएको सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बारका सञ्चालक तथा गायक विनोद बानियाले जानकारी दिए । तामाङलाई भदौ २१ गते अवार्ड प्रदान गर्ने बानियाले जानकारी दिए ।

प्रदेशनम्बर ४ मा रहेर गीत संगीतमा योगदान पुर्याउने ब्यक्तिहरुको तर्फबाट पहिलोपटक तामाङलाई सम्मान गर्न लागिएको उनले बताए । तीन दशकसम्म गीत संगीतको क्षेत्रमा क्रियाशिल तामाङलाई दिने निर्णय भएको बानियाँले बताए ।

४० को दशकदेखि नै लेखन थालेका तामाङको झण्डै ३० वटा गीत रेकर्ड भएका छन् । उनले लेखेका गीतमा कर्ण दास, विवेक श्रेष्ठ, विनोद बानियाँ लगायतले आवाज भरेका छन् । २०५० सालमै कर्ण दासको आवाज र सुन्दर थापाको संगीतमा ‘ब्यर्थै फेरि घाइते मुटु बल्झियो ’ वोलमा उनको पहिलो गीत रेकर्ड भएको थियो । यो गीतले कर्णदासलाई थुप्रै अवार्ड समेत जितेका थिए ।

गायक बानियाँ सहित शेखर शेरचन, गणेश बसौला, अशोककुमार गुरुङले सञ्चालन गरेको मेलोडी क्याफेले अवार्डलाई निरन्तरता दिने जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...