लेखनाथमा खुल्यो रिभर साईड रिसोर्ट

पोखरा, १२ भदौ/लेखनाथ नगरपालिकाको वडा नं १७ कश्यारमा सेती रिभर साईड रिसोर्ट प्रालि संचालनमा आएको छ ।
स्थानीय ७ जना युवाहरुको संयुक्त लगानिमा करिव २० रोपनी जग्गामा फैलिएको रिसोर्टको शनिवार लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले शुभारम्भ गरेका छन् ।

लेखनाथमा खुल्यो रिभर साईड रिसोर्ट
लेखनाथमा खुल्यो रिभर साईड रिसोर्ट

दुई करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको रिसोर्टले स्थानीय फार्मवाट उत्पादन भएका कुखुरा, वाख्रा तथा माछाहरुको परिकारहरु खुवाउने जनाएको छ । रिसोर्टमा सिङ्गल तथा डवल वेड सहितका १० वटा कोठाहरु रहेका छन् भने प्रौढ तथा वच्चाहरुको लागि छुट्टाछुटटै स्विमिङ्ग छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्यकारी अधिकृत भण्डारीले रमणीय वातावरणमा रहेको रिसोर्टले लेखनाथको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न्े विश्वास व्यक्त गरे । पोखरा तथा ल्ेखनाथमा पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउदै भण्डारीले स्थानीय स्रोत तथा साधनको उपभोग गर्दै स्थानीय जनताको उत्पादनलाई समेत रिसोर्टले बजारिकरण गर्ने हुँदा जनताको जिवनस्तरमा समेत सुधार हुने भनाई उनको थियो ।

सेती रिभर साईड रिसोर्ट प्रालिका संचालक अध्यक्ष तथा कार्यक्रमका सभापति सरोजराज अधिकारीले रिसोर्टले स्थानीय फार्मवाटै उत्पादन गरिएका वस्तुहरुवाट सेवा दिने वताउँदै पारिवारिक वातावरणमा रमाउने आन्तरिक तथा वाह्य पर्यटकको लागि रिसोर्ट उपयुक्त हुने वताए । पछिल्लो समय शहरी कोलाहलमा भन्दा ग्रामिण क्षेत्रहरुमा पर्यटकको आकर्षण वढेको र नदीको किनारमा रहेको रिसोर्टवाट पर्यटकले सेती नदी र हिमश्रङ्खलाहरुको रमणीय दृश्यावलोकन गर्दै प्राकृतिक गुफामा वसेर स्थानीय रुपमा उत्पादन भएका वस्तुहरुवाट तयार पारिएका परिकारहरुको स्वाद लिन सक्ने भनाई अधिकारीको छ ।

कार्यक्रममा शसस्त्र प्रहरी वलका एसपी फडिन्द्रराज पौडेल, लेखनाथ होटल एसोसियसनका अध्यक्ष दामोदरभक्त थापा, कामना विकास वैंक लिमिटेडका नायव कार्यकारी अधिकृत उमेश आचार्य, स्थानीय समाजेसेवी केशर निर्दोषी, यज्ञप्रसाद अधिकारी , विशेश्वर हरामी, रिसोर्टका संचालक पदमराज पौडेल, निर्मल आचार्य लगायतले साविकको भरतपोखरी गाविस र हालको लेखनाथ नगरापालिका १७ मा संचालनमा आएको रिसोर्टले पर्यटन प्रवद्र्धन गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...