बबन सिंह फोरम नेपालमा प्रवेश गर्ने

२० जेठ, काठमाडौं । पूर्वसभासद बबन सिंह नेपाली कांग्रेसका सुशील कोइरालाले वास्ता नगरेपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गर्नु हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गरी सिंह र तमलोपा नेपालका पूर्वनेता रामचन्द्र राय फोरममा प्रवेश गर्ने कार्यक्रम रहेको फोरम सचिव रत्नेश्वर लाल कायस्थले जानकारी दिनुभयो ।

baban_singhरौतहट क्षेत्र नम्बर १ बाट स्वतन्त्र सभासदका रुपमा निर्वाचित सिंह यसअघि तमलोपामा प्रवेश गर्नुभएको थियो । हालै मात्र उहाँले नेपाली कांग्रेस प्रवेश गर्ने घोषणा समेत गर्नु भएको थियो । तर, सभापति सुशील कोइरालाले चासो नदेखाएपछि उहाँले गत ३ दिनभित्र पार्टीमा प्रवेश गराउन अल्टिमेटम दिँदै कोइरालालाई एमाओवादीमा प्रवेश गर्ने धम्कीसमेत दिनुभएको थियो ।

सिंह विवादित रुपमा संविधानसभामा निर्वाचित हुनुभएको थियो । भूमिगत रहेकै अवस्थामा उम्मेदवारी दिएका सिंहको निर्वाचन प्रचारमा मृत्युदण्ड दिन लागेको तस्वीरसहितको ‘मलाई बचाउनुहोस्’ लेखिएको पर्चा पम्प्लेट प्रयोग गरिएको थियो । नेपाल प्रहरीको वान्टेडको सूचीमा रहेका सिंह संविधानसभाको पहिलो बैठकमा गोप्यरुपमा उपस्थित हुँदा धेरैले आश्चर्य मानेका थिए । तर, प्रहरीले भने उहाँलाई पक्राउ गरेन ।

गत वर्ष मंसिरमा व्यापारी अपहरण मुद्दामा वीरगञ्गमा पक्राउ परेका सिंह केही दिन हिरासतमा बसेर धरौटीमा छुट्नुभएको थियो । यस मुद्दामा अदालतले सिंहको पक्षमा फैसला सुनाइसकेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78226/#sthash.l5Ff9fw1.dpuf

कमेन्टहरु
Loading...