नाट्टा पश्चिमाञ्चलद्धारा लक्की कार्की सम्मानित

पोखरा, १२ भाद्र/नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले तीज विशेष सम्मान कार्यक्रममा थ्रि सिस्टर्स एडभेन्चर प्रा.लिका संस्थापक निर्देशक लक्कि कार्कीलाई सम्मान गरेको छ । लामो समय देखि पर्यटन क्षेत्रमा क्रियाशिल कार्किले पर्र्यटन क्षेत्रमा महिला स्थापित गराउन उल्लेखनिय भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

नाट्टा पश्चिमाञ्चलद्धारा लक्की कार्की सम्मानित
नाट्टा पश्चिमाञ्चलद्धारा लक्की कार्की सम्मानित

कार्कीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि संचारिका समुह नेपालका केन्द्रिय अध्यक्ष निर्मला शर्माले महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशिल व्यत्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुशि लागेको बताउनु भयो । महिला सशक्तिकरणको क्षेत्रमा क्रियाशिल कार्की एक उदाहरणीय व्यक्तित्व भएको भन्दै उहाँको सम्मानले अरुलाई प्रेरणा मिल्ने बताउनु भयो ।

उहाँले धार्मिक र सांस्कृतिक महत्व बोकेका यस्ता पर्वबाट सांस्कृतिक अधिकार स्थापित गर्दै महिला विकासमा जोड दिनुपर्ने बताउनु भयो । तीज सबै महिलाको साझा र स्वतन्त्रताको पर्वको रुपमा मनाउनु पर्ने उहाँको धारणा थियो । सम्मानित व्यत्तित्व लक्कि कार्किले पर्यटन क्षेत्रको अनवरत यात्रामा आफ्नो मुुल्याकंन गरि सम्मान गरेकोमा संघलाइ धन्यवाद व्यक्त गर्नु भयो । कामलाई स्थापित गर्न सके मात्रै नाम बन्छ भन्ने मान्यतामा हिडेकाले आज आफ्नो मुल्यांकन भइ सम्मानीत हुन पाएको बताउनु भयो ।

सम्मानले पर्यटन क्षेत्रको विकासमा अझै लाग्ने प्रेरणा प्रदान गरेको बताउनु भयो । नाटाका पूर्व अध्यक्ष बासु त्रिपाठीले लक्की कार्की पर्यटन क्षेत्रमा एक स्थापित र सफल नाम भएको भन्दै उहाँको सम्मानले संघनै सम्मानित भएको बताउनु भयो । उहाँले तीज पर्वका सकारात्मक पक्षलाई अवलम्बन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रम संयोजक कमला गिरीले संघको पहिलो कार्यक्रमले महिलाको सम्मान गर्ने वातावरण र संघका सदस्यको परिवारबीचको आत्मियतालाई प्रगाढ गराउने विश्वास व्यक्त गर्नु भयो । संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले तीजलाई महिला स्वतन्त्रता, समानता र अधिकारको चाडको रुपमा मनाउनु पर्ने बताउनु भयो । नाटाका अध्यक्ष डिल्लिप्रसाद गौतम अध्यक्षता सम्पन्न सो कार्यक्रममा स्वागत नाट्टाका प्रथम उपाध्यक्ष हर्क गुरुङ र संचालन महासचिव सुभाष भण्डारीले गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...