पोखरा र लेखनाथमा शनिबार विद्युत बन्द हुने

पोखरा, १० भदौ /नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले सुचना प्रकासन गरि भदौ ११ गते शनिबार पोखरा र लेखनाथमा विद्युत बन्न हुने जानकारी दिएको छ ।

पोखरा र लेखनाथ सबस्टेसनबाट विद्युत प्रशारण हुने सम्पुर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने बताएको छ । विहान ११ बजे देखि दिऊसो ४ बजे सम्म लेखनाथ सब स्टेशनमा नयाँ २२ दशमलव ५ एमभिए टान्सफरमर जडान गर्ने कार्य भएकोले बन्द गर्नु परेको सुचनामा उल्लेख गरेको छ ।

जडान कार्य छिटै सहिएमा तोकिएको सयम भन्दा अगावै विद्युत आपूर्ति सञ्चालन गर्ने प्राधिकरण जनाएको छ ।

कमेन्टहरु
Loading...