‘मौसम हराएको देश’ नाटक पोखरामा मञ्चन सुरु, आयोजक उत्साहित

पोखरा, १० भदौ /नाटक हेर्न पुगेका दर्शकले खचाखच भरिएको पोखरा उद्योग वाणीज्य संघको हलमा नाटक ‘मौसम हराएको देश’ बिहीबार मञ्चन भएको छ । पोखरामा छुट्टै नाटकघर नभएको कारणले नाट्यप्रेमीको नाटक हेर्ने चाहनालाई पञ्चामृत नाट्य समुहले पुरा गरेकोमा उनीहरु खुशी देखिन्थे ।

‘मौसम हराएको देश’ नाटक पोखरामा मञ्चन सुरु, आयोजक उत्साहित
‘मौसम हराएको देश’ नाटक पोखरामा मञ्चन सुरु, आयोजक उत्साहित

नाटक हेरीसकेपछि उनीहरुले समुहको यो प्रयासलाई खुलेरै प्रशंसा गरेका छन् । यसरी आएको प्रतिक्रियाले आयोजक उत्साहित भएका छन् । नाटकको मञ्चन भाद्र १० गते शुक्रबार र ११ गते शनीबार पोखरा उद्योग वाणीज्य संघको हलमा मञ्चन हुनेछ । शुक्रबार र शनिबारको मञ्चन कार्यक्रममा पनि दर्शकको साथ पाउनेमा आयोजक विश्वस्त छन् । नाटकको मञ्चन दुवै दिन दिउँसो ३ बजेबाट पोखरा उद्योग वाणीज्य संघमा हुनेछ ।

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीको अभिनय गरेका छन् । नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङलाई दिइएको छ । नाटकको सुत्रधार गोविन्द सिञ्जाली मगर हुन् भने सह–निर्देशन विष्णु प्रसाद गौतम, प्रकाश राकेश जंग पन्थि, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले पाएका छन् ।

नाटककार उदासीको यो १ सय ४ औ नाटक हो । यस अगाडी उदासीले १ सय ३ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । नाटकको सूरुवात भुकम्पको परिवेशबाट हुन्छ । भुकम्प पछाडीको पुर्नस्थापित बस्तिबाट नाटक अगाडी बढ्छ । प्रकृती प्रेम र जीवन सर्घष नाटकमा देखाइएको नाटककार उदासीले जनाए । ‘मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतीबाट हुने घात समेतलाई देखाउन खोजका छौँ’ उनले भने । विभिन्न कारुणीक दृश्यको अलावा हाँस्य सामाग्री मार्फत समेत दर्शकले मनोरञ्जन लिएका थिए ।

पञ्चामृत नाट्य समुहको दोस्रोे प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिएको र पहिलो दिनको दर्शक सहभागिता र प्रतिक्रियाले आफुहरु उत्साहित भएको संयोजक परिवर्तनले बताए । पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । ‘नाटक घर निर्माणको लागि जग्गा खोज्ने काम अगाडी बढेको छ’ अध्यक्ष परिवर्तनको भनाइ छ । एकपछि अर्को गर्दे नाटक मञ्चन गर्ने समुहको योजना छ । नाटक मौसम हराएको देश मञ्चन प्रश्चात आगामी मंसीरमा अर्को नाटक मञ्चन गर्ने तयारी समुहले बनाएको छ । केहि समय पश्चात यो समुहले सडक नाटक समेत देखाउनेछ ।

कमेन्टहरु
Loading...