पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्यो, १५ को उद्धार २३ बेपत्ता

पोखरा, १० भदौ /गौरबाट पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खसेको छ।

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको प्रहरीले जानकारी दिएको छ ।

बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस प्रहरीले देखे पछि उद्धार सुरु गरेको थियो । बस दुर्घटनामा परेका १५ जनालाई प्रहरीले उद्दार गरिएको छ ।

१० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा ३८ जना यात्रु चढेका प्रहरीको अनुमान छ । मुग्लीन प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन।

कमेन्टहरु
Loading...